Websoft University

बुद्धजयन्तीका अवसरमा निःशुल्क आँखा शिविर


विराटनगर |  २५ सय ६८ औं बुद्ध जयन्तीका अवसरमा विराट बौद्ध संघ विराटनगरले निःशुल्क आँखा शिविर आयोजना गरेको छ ।

विराटनगर–११ स्थित बुद्धबिहारमा आज आयोजित शिविरमा ८५ जनाले आँखाको चेकजाँच गरेका छन् । शिविरमा चेकजाँच गरेका मध्ये ९ जजनामा मोतियाबिन्दुको समस्या देखिएको संघका अध्यक्ष पुष्पधन शाक्यले जानकारी दिए । रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा २० वर्षदेखि ८६ वर्ष उमेर समूहका व्यक्तिहरुले आँखा जाँच गराएका थिए । रामलाल गोल्छा आँखा अस्पतालका दृष्टि विशेषज्ञ डा. राजेशकुमार यादव र नेत्र सहायक उमेश्वर साह नेतृत्वको टोलीले आँखाको चेकजाँच गरेको थियो । मोतियाबिन्दुको समस्या देखिएकाहरुको रामलाल गोल्छा आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको अध्यक्ष शाक्यले बताए ।

काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालअन्तर्गतको हिमालयन क्याट्रक प्रोजेक्टसँगको सहकार्यमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्नुका साथै औषधिसमेत वितरण गरिनेछ । बुद्धजयन्तीका अवसरमा संघले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको । यसअघि संघले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.