Websoft University

तेस्रो मिल्स टि– २० क्रिकेट- होराइजन र वाइआरसीसी फाइनमा भिड्दै


विराटनगर | तेस्रो संस्करणको मिल्स कप टि – २० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन र वाइआरसिसी क्रिकेट क्लब फाइनलमा पुगेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा भारत विहारको कटिहार क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै होराइजन उपाधि नजिक पुगेको हो । उपाधिको लागि उनीहरू मंगलबार दिउँसो १ बजे भिड्नेछन् ।

यसअघि विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वाइआरसिसि फाइनलमा पुगिसेको छ ।

 आइतबारको खेलमा कटिहारले दिएको १७४ रनको लक्ष्य होराइजनले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ पूरा गर्यो । फाइनमा पुर्याउन होराइजनका ओपनर सन्तोष कार्कीले आक्रमक ब्याटिङ गरे । उनले अविजित ५३ बलमा ७५ रन बनाए । उनले ७ छक्का र ४ चौका हिर्काए । सर्वोधिक रन बनाउने सन्तोष प्लेर अफ द म्याच घोषित भए । दिपेश कन्डेलले १५ बलमा ३० रनको योगदान दिए । उनले २ छक्का र ३ चौका हिर्काए । सोनु अन्सारी र धिरेन शाक्यले समान १८–१८ रन बनाए ।

कटिहारका भानु आनन्द र अशोक कुमारले समान २–२ विकेट लिए । अजित राजले १ विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको कटिहारले १९ ओभरमा सबै विकेट गुमाइ १७३ रन बनाएको थियो । कटिहारका करण कुमारले ३८ बलमा ७४ रन बनाए । उनले ८ छक्का र ४ चौका प्रहार गरे । सरोजले २४ बलमा ३३ रन, अन्सुनी कुमारले २२ रनको योगदान दिए ।

होराइजनका फिरोसजन अन्सारी  र श्रवर्ण किस्कुले समान ३–३ विकेट लिए । अभिषेक तिम्सिनाले २ विकेट र सन्तोष कार्कीले १ विकेट लिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.