Websoft University

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता-पटना र कटिहार क्वाटर फाइलनमा


विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा भारत विहारस्थित पटनाको हाइ पफमेन्स क्रिकेट क्लब र कटिहार क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा पटनाले विभागिय टिम नेपाल पुलिस क्बलाई १२ रनले र कटिहारले सिराहा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरी अन्तिम आठमा पुगेको हो ।

टस जितेर ब्याटिङ रोजेको पटनाले १५.५ ओभरमा सबै बिकेट गुगाउँदै १०३ रन बनाएको हो । पटनाका सचिन कुमार सिंहले १९ बलमा २६ रन बनाए । उनले २ छक्का र २ चौका हिर्काए । प्रतिकले २२ रन पारी खेल्दा सहिले अविजित १३ रनको योगदान दिए । पटनाका अन्य ब्याटमेनले दोहोरो अंक बनाउन सकेनन् ।

पुलिसका सर्वण यादवले कसिलो बलिङ गरे । उनले ३.५ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । रोशन सुवलले ३ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए भने रसिब खानले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

पटनाले दिएको १०४ रनको विजय लक्ष्य पछ्याएको नेपाल पुलिसले १७.३ ओभरमा सबै विकेट गुमाइ ९१ रन मात्रै बनाउन सक्यो ।

पुलिसका केशवले २० बलमा१७ रन बनाए। उनले ३ चौका मात्रै हिर्काए । एरनले १६ रन बनाउँदा सुबपले ११ रनको योगदान दिए । पुलिसका अन्य ब्याटमेनले दोहोरो अंक बनाउन सकेनन् ।

पटनाका सकबुल जैनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । सचिन सिंह र हरीले समान २–२ विकेट लिए ।  

खेलको प्लेर अफ द म्याच पटनाका सचिन सिंह घोषित भए । उनले नगद ३ हजार रुपैयाँ पाए ।

 कटिहारको जित-

दोस्रो खेलमा कटिहारले सिराहा क्रिकेट ८ विकेटले हरायो । सिराहले १७८ रनको लक्ष्य कटिहारले १४.३ ओभरमा २ विकेट गुमाएर पुरा  गरेको हो । कटियारको जितको लागि अंकित सिंहले बिस्पोट ब्याटिङ गरे । उनले ४३ बलमा अर्ध सतक कटाउँदै अबिजित ८० रन बनाए । उनले ४ छक्का र १० चौका हिर्काए । उनी खेलको प्लेर अफ द म्याच पनि घोषित भए । त्यसैगरी असुबले अविजित २४ रन पारी खेल्दा आशिषले ३१ र सुजितले ३० रनको योगदान दिए ।

सिराहाका बिशाल र सोनम रोयले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ थालेको सिराहले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १६७ रन बनाएको थियो । जसमा सिराहाका रुपेशले २० बलमा अबिजित ४७ रन बनाए । उनले ३ छक्का र ६ चौका र्हिकाए । दिपेश दास र सिराहाका ओपनर सोलन साहले समान ३०–३० रनको योगदान दिए ।

कटियारका भानु र प्रनिसले समानले २ –२ विकेट लिए ।

बुधबार पहिलो खेल बिसीसीए विराटनगर र प्रशान्त क्रिकेट क्लब जोगवनीबिच हुनेछ । सोही दिन हुने दोस्रो आयोजक मिल्स क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब बीच हुने खेल तालिका रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.