Websoft University

पूसोम कलेजले गर्यो २१ औं ब्याचको विद्यार्थीलाई विदाई


विराटनगर । विराटनगर – २ मा रहेको पूर्वाञ्चल विश्व विद्यालय स्कूल अफ मेनेजमेन्ट (पूसोम)ले विविए संकायका २१ औं ब्याचका विद्यार्थीहरुलाई आज एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत विविएको आठौ सेमेस्टरका १ सय जना विद्यार्थी सातौ सेमेस्टरका विद्यार्थीले कलेजमा कार्यक्रम गरि मायाको चिनो प्रदान गरी विदाई गरेको हो ।

कार्यक्रममा कलेजका निर्देशक प्रशान्तकुमार लाल, पूर्व क्याम्पस प्रमुख दिनेसराज सुवेदी, प्राडा.जिवन ढकाललगायतले  मन्तव्य राख्दै पुसोम कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरे । पूसोम कलेजले नेपालमा पहिलो पटक  २०५४ सालमा विविएको अध्यापन गराएको कलेजले जनाएको छ ।

विदाई कार्यक्रमा सातौ सेमेस्टरका विद्यार्थी , विद्यार्थीद्वय  प्रसन्सा कट्टेल र निर्मल सापकोटाले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमा सातौ सेमेस्टरका विद्यार्थीहरुले नृत्य तथा गित गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

पूसोम कलेजमा विविएलगायत एमविए, एमफिल, पिएचडिलगायतको पढाई हुने कलेजले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.