Websoft University

जुवा (तास) खेल्ने १० जना ब्यक्तिहरू पक्राउ


बिराटनगर | मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं.-१२ स्थितबाट जुवा (तास) खल्ने १० जनालाई पक्राउ गरिएको छ । 

मिति २०८०।१२।२० गते अन्दाजी १७:०० बजे जिल्ला मोरङ बिराटनगर १२ सगरमाथा स्कुल छेउ बस्ने बर्ष ५३ को वेद निधि दाहालको घरमा जुवा (तास)खेलरहेको  भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट नेपाली नगद रु.८२,४३०।– र १५६ पिस तास सहित निम्न ब्यक्तिहरूलाई पक्राउ गरी तालुक जिल्ला प्रशासन कार्यालय मोरङबाट मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा सम्बन्धी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी विस्तृत अनुसन्धान भई रहेको ।

निम्न :-

१.जिल्ला मोरङ बिराटनगर महानगरपालिका १२ बस्ने बर्ष ४० को किसन श्रेष्ठ,

२.ऐ.ऐ.बस्ने बर्ष ३० को अजय मण्डल

३.ऐ.ऐ.बस्ने बर्ष २९ को आर्यन कामत 

४.ऐ.ऐ.बस्ने अ.बर्ष ३६ को दिपक सहनी 

५.ऐ.ऐ.बस्ने अ.बर्ष ६५ को देवेन्द्र ब.सुब्वा

६. ऐ.ऐ.बस्ने अ.बर्ष ५३ को वेदनिधि दाहाल 

७. ऐ.ऐ.११ बस्ने अ.बर्ष ३५ को दिपक सहनी 

८. ऐ.ऐ.बस्ने अ.बर्ष २७ को अनिश अधिकारी 

९. ऐ.ऐ.बस्ने अ.बर्ष ५० को बाबुराम कटेल 

१०. ऐ.ऐ.१० बस्ने अ.बर्ष ३७ को रामबाबु राय 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.