Websoft University

महानगरस्तरीय कक्षा ८ को परीक्षाफल प्रकाशित


विराटनगर| विराटनगर महानगरपालिकाले लिएको कक्षा ८ को परीक्षाफल प्रकाशित भएको छ ।

महानगरस्तरीय परीक्षा चैत २ देखि ९ गतेसम्म सञ्चालन भएको थियो । सो परीक्षामा सामेल भएका ४ हजार ८ सय २४ जनामध्ये १ हजार ४ हजार ६ सय ८७ जना उत्तीर्ण भएका छन् । जसमध्ये १ हजार २ सय ६४ जनाले ३ दशमलव ६ देखि ४ जीपीए ल्याएको शैक्षिक प्रशासन महाशाखाका प्रमुखसमेत रहेका परीक्षा संयोजक कृष्ण भट्टराईले जानकारी दिनुभयो । 

परीक्षामा विराटनगरका ३५ सामुदायिक, ७६ संस्थागत र ३ धार्मिकसहित १ सय १४ विद्यालयका ४ हजार ८ सय २४ जना विद्यार्थी सहभागी भएका थिए । १ सय २३ जनाले ग्रेड वृद्धिको परीक्षा दिन पाउने भएका छन् । ग्रेड वृद्धिको परीक्षा वैशाख १० गतेदेखि सञ्चालन हुने महाशाखाकी प्राविधिक सहायक बालिका रिजालले बताउनुभयो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.