Websoft University

राजेन्द्र दाहाल केही दिन अघि मात्र घर आईपुगे


श्याम राई, उदयपुर गाईघाट, २४ फागुन | रुसी सेनामा कार्यरत उदयपुरका एक युवा पाँचौ पटकको प्रयासपछि भागेर घर आउन सफल भएकाछन् । गत कार्तिक १ गते दलाल मार्फत रुस पुगेका त्रियुगा नगरपालिका–११ का ४२ बर्षिय राजेन्द्र दाहाल केही दिन अघि मात्र घर आईपुगेका हुन । 

उनी घर फर्कन पटकपटक भाग्ने प्रयास गरेको भए पनि पाँचौ पटकमा सफल भएका थिए । उनी त्याहा पुगेर केही दिन सैनिक तालिम लिएर युक्रेन युद्धमा होमिएका थिए । उनीसँगै रुस पुगेका पाँच जना मध्ये अन्य तिन जनाको युक्रेन लडाईमा मृत्यु भएको दाहालले बताए ।

युक्रेनसँगको लडाईमा रसियन सेनाको ठूलो क्षेति भएको उनले बताए । लडाईमा आफू तर्फ धेरै सैनिक मारिने क्रम बढेपछि डरको कारण आफू लडाईबाट भाग्न चाहेको उनले बताए । भाग्न त्यति सजिलो थिएन्, निकै कोशिस गरे बल्ल पाँच पटकको प्रयासपछि भाग्न सफल भएको उनले बताए । भाग्न खोज्नेलाई रुसी सैनिक अधिकारीले पक्राऊ गरेर उनीहरुको पासपोर्ट, मोवाईल फोन र पैसा जफत गरेर राख्ने अनि जेल हालेर केहि दिनपछि पुन लडाईमा पठाउने गरेको उनले बताए । उनले लडाईमा सेनामा भर्ति भएका धेरै नेपालीको ज्यान  गएको उनले बताए ।

 धेरै नेपाली साथीहरु मरेको देखेपछि डरले आफू भागेर ज्यान बचाउनकै लागि नेपाल फर्किएको उनले बताए । जेहोस आफू बचेर आउन सफल भैयो, अब यतै दःख गरेर बस्ने उनले बताए । उनले अझै धेरै नेपाली रुसी सेनामा रहेकोले सरकारले पहल गरेर नेपाल फिर्ता ल्याउनु पर्ने उनको भनाई छ । त्याहा रहेका उनीहरु सबै नेपाल आउन चाहेकाछन् । उनीहरुको तत्काल उद्धार गरेर नेपाल ल्याउन सके धेरैको ज्यान बचाउन सकिने उनले बताए ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.