Websoft University

दृष्टिबिहिन छात्रा गङंगामाया तामाङंलाई एक थान ल्यापटप उपलब्ध


श्याम राई, उदयपुर गाईघाट, २४ फागुन | कोसी प्रदेशकी उपसभामुख सृजना दनुवारले त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा वि.एड. दोश्रो वर्षमा अध्यनरत दृष्टिबिहिन छात्रा गङंगामाया तामाङंलाई एक थान ल्यापटप उपलब्ध गराएकी छिन् ।

त्रियुगा नगरपालिका–१६ बस्ने ति छात्रालाई पठन पाठनमा सहज होस भन्ने उदेश्यले उपसभामुख दनुवारले मंगलबार क्याम्पसमा आयोजित एक कार्यक्रममा ल्यापटप सहयोग गरेकी हुन् । 

उनले सो अबसरमा क्याम्पसको भौतिक पूर्बधार तथा पुस्तकालय समेतको निरीक्षण गरेकी थिईन् । कार्यक्रममा क्याम्पस प्रमुख कैलास कुमार राई, क्याम्पसका प्राध्यापक, विद्यार्थी, स्वाबियु पदाधिकारी र उपमेयर महेश्वरी राईको उपस्थितिमा रहेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.