Websoft University

भजन प्रतियोगितामा सयपत्री महिला सेवा केन्द्र प्रथम


विराटनगर,फागुन १९ गते | विराटनगर ११ स्थित जेष्ठ नागरिक वडा कार्यसमिति (जेष्ठ नागरिक मिलन केन्द्र)ले भजन किर्तन प्रतियोगिता आयोजना गरेको छ ।

शनिबार विराटनगर ११ वडा स्तरिय प्रतियोगितात्मक भजन किर्तन कार्यक्रम आयोजना गरेको हो । प्रतियोगितामा सयपत्री महिला सेवा केन्द्र प्रथम भएको छ । प्रथम भएको समूहले ५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै मानव धर्म दुर्गा मन्दिर दोस्रो हुँदै ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । 

यस्तै शुभलक्ष्मी भजन किर्तन समूह तेस्रो हँुदै २ हजार नगद, चोथो हुने विहानीपथ भजन किर्तन समूहले एक हजार  र पाँचौ हुने लक्ष्मीनारायण  भजन किर्तन समूहले एक हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गरेको छ ।  

विजयी हुने समूहहरूलाई विराटनगर ११ का वडाअध्यक्ष तिर्थेन्द्र न्यौपाने, जेष्ठ नागरिक वडा कार्यसमितिका अध्यक्ष अर्जुनकुमार भट्टराई,सचिव  इन्द्रप्रसाद खतिवडाले नगद पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगितामा विराटनगर वडा नं ११ का २२ वटा भजन किर्तन समूहहरू सहभागि थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.