Websoft University

मानवसेवा आश्रममा आश्रित माझ खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न


बिराटनगर |  परोपकारी एवं मानवता प्रेमीमनहरुको मुठीमुठीको सहयोगमा सन्चालन हुदै आएको मानवसेवा आश्रममा आश्रित माझ खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ  ।

महत्तम महोत्सव आयोजना समितिको निर्देशमा श्री अ।भा साधुमाग्री जैन समता युवा संघले आयोजना गरेको अन्नदान कार्यक्रममा  संघका अध्यक्ष पारस संचेतीले मानवसेवा आश्रम शाखा कार्यालय बिराटनगरको पोखरिया सेवा केन्द्रमा आश्रय लिईरहनु भएका ७७ जना विभिन्न प्रकृतिका विभिन्न उमेर समूहका सयोगापेक्षी सडकआश्रति मानवहरुलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

 कोशी प्रदेशमा रहेका १४ वटा जिल्लाको  विभिन्न पालिकाहरुको समन्वयमा सयोगापक्षि सडकआश्रित मानवहरुलाई उद्दार गरि सेवालाई आगाडी बडाई रहेको र परोपकारीमनहरुको अभिभावकत्वमा आश्रम संचालमामा केहि सहज भएको आश्रमका युवा अभियन्ता नवराज के।सीले बताए ।

मानवसेवा आश्रम९मानवता प्रवर्द्धन महाभियान० विराटनगर शाखामा हाल विराटनगर – १०स्थित तिनटोलिया  र  विराटनगर – ०३ स्थित पोखरियामा रहेको छ । दुई वटा सेवाकेन्द्र गरेर १ सय ४० जना विभिन्न प्रकृतिका विभिन्न उमेर समूहको सहयोगापेक्षी सडकआश्रित मानवहरु संरक्षित रहेका छन् 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.