Websoft University

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा पुलिस र त्रिभुवन आर्मी विजयी


विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी  विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरि सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको छ । पुलिसले विहिबार वागमती विरुद्ध अन्तिम खेलमा राम्रो रन रेटमा खेल जित्नु पर्ने हुन्छ ।

समुह वि को अंक तालिकामा पुलिसले खेलेको ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी ४ खेलमा ३ मा जित र १ मा पराजित हुँदै ६ अंकका साथ शिर्ष स्थानमा छ भने सुदूरपश्चिमले ४ खेलमा ३ मा जित र १ मा पराजित हुँदै ६ अंकका साथा दोस्रो स्थानमा रहेको छ ।

टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ५१ रनको योगफल तयार पारेको थियो । लुम्बिनीकालागि मृनल गुरुङले ३८ बलमा ६ चौका प्रहार गरि ५० रन बनाउँदा कप्तान देव खनालले ३८ बलमा १ छक्का ५ चौका प्रहार गदै २९ रन र आकाश त्रिपाटीले ३४ रनको योगदान दिए । पुलिसका कप्तान मञ्जित श्रेष्ठले २ विकेट लिँदा अविशेक कार्कीले पनि २ विकेट लिए ।

जवाफमा १ सय  ५१ रनको लक्ष्य पछ्याएको पुलिसले १६ दशमलव ५ बलमा २ विकेट गुमाई लक्ष्य पार गरेको थियो । पुलिसकोे जितमा प्लेयर अफ द म्याच रोहन विकले ५० बलमा ४ छक्का र ७ चौका प्रहार गरि ८० रनमा अविजित रहे भने अमित श्रेष्ठले ४९ रन बनाएर आउट भए । लुम्बिनीका देव खनालले १ विकेट लिए ।

दोस्रो खेलमा विभागिय टोली त्रिभुवन आर्मीले अर्को विभागिय टोली एपिएफलाई  ४ विकेटले पराजित गरेको छ । हार पछि एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ ।  आर्मीले खेलेका ४ वटै खेल जितेर ८ अंकका साथ समुह ए को शिर्ष स्थानमा रहेको छ भने एपिएफ ३ खेलमा २ मा पराजित र १ खेलमा जित हात पार्दै २ अंकका साथ पुछारमा छ ।

टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ३९ रनको स्कोर बनाएको थियो । एपिएफका लागि सुमित महर्जनले ३३ बलमा २ छक्का र ३ चौका प्रहार गरि ३३ रन बनाउँदा कप्तान भुवन कार्कीले २५ रन, पूरन विकले २३ रनको योगदान दिए । आर्मीका सुमित श्रेष्ठले ३ विकेट लिँदा तृतराज दासले २ विकेट लिए ।

जवाफमा १ सय ४० रनको लक्ष्य पाएको आर्मीले १८ दशमलव ३ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमद ३९ बलमा २ छक्का र ३ चौका प्रहार गरि अविजित ४६ रनको पारी खेले भने सन्दिप रजालीले २६रन बनाउँदा रमेश भट्टले २२ रनको महत्वपूर्ण योगदान दिए । एपिएफका भुवन कार्कीले २ विकेट लिँदा यज्ञमान कुमालले पनि २ विकेट लिए ।

विहिबारको पहिलो खेल मधेश प्रदेश र एपिएफ तथा दोस्रो खेल नेपाल पुलिस र वागमती विच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.