Websoft University

आर्थिक मेरुढण्डको रुपमा रहेको पर्यटन व्यावसायलाई अझ फस्टाउने बाताबरण बनाउन विधमान ऐन कानूनलाई संशोधन गर्नु पर्ने-मन्त्री किराती


श्याम राई, उदयपुर  गाईघाट | संस्कृत, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले आर्थिक मेरुढण्डको रुपमा रहेको पर्यटन व्यावसायलाई अझ फस्टाउने बाताबरण बनाउन विधमान ऐन कानूनलाई संशोधन गर्नु पर्ने बताएकाछन् ।

उदयपुरको बेलका नगरपालिका–८ सोमबारे कोशीमा  शनीबार संचालनमा आएको होटेल कोशी प्यालेसको उद्घाटन गर्दै मन्त्री किरातीले विधमान कानूनले गर्दा एउटा फाएल सदर गर्न व्यावसायीले २२ ठाँउ धानउनुपर्ने बाध्यताले गर्दा पर्यटन क्षेत्रले गति लिन नसकेको बताए ।

उनले विदेश पलायन भएको दक्ष जनशक्तिलाई मुलुक फिर्ता ल्याउन सकेमात्र मुलुकले समृद्धि हासिल गर्न सक्ने बताए । उनले बायुसेवा निगमसँग अहिले ६ वटा विमान रहेको र आफूले १४ वटा बिमान पुराउने लक्ष्य लिएको भएपनि कतैबाट सहयोग नपाएको बताए । कोशी प्रदेशको उप–सभामुख सृजना दनुवारले उदयपुरको पर्यटन क्षेत्रको बिकासमा स्थानीय तहसँगै केन्द्र, प्रदेश सरकारले सहयोग गर्नु पर्ने बताईन् ।

झण्डै ३ करोडको लागतमा निर्माण भएको कोशी प्यालेस होटेल अत्यधिक सुबिधा सम्पन्न रहेको होटेल संन्चालक सम्पत राईले बताए ।

 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.