Websoft University

६ किलो सुन र चाँदीका साथै झन्डै ६३ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परे

 


पोखरा | कास्कीको पोखरामा ६/ ६ किलो सुन र चाँदीका साथै झन्डै ६३ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्।

प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २ मोहरिया बस्ने भारतीय नागरिक सुरजित भौमिकलाई पक्राउ गरेको हो।
भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर घर भई पोखरामा भाडामा बस्दै आएका ४० वर्षीय सुरजितले अवैध रूपमा सुन ल्याएको सूचना जिल्ला प्रहरी कार्यालय कास्कीले पाएको थियो।
उक्त सूचनापछि प्रहरीको टोलीले सोमबार राति पौने ७ बजे सुरजितको कोठामा छापा मारेको थियो।
मंगलबार बिहान साढे ४ बजेसम्म कास्कीको टोलीले कोठामा लुकाएर राखेका सुनचाँदी तथा नगद बरामद गरेको कार्यालयका प्रमुख एसपी मोहन थापाले जानकारी दिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.