Websoft University

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण भ्रमण तथा निर्देशन


बिराटनगर, २०८० पुस २६ गते । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय शमशेर राईले आज कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण भ्रमण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ । निरीक्षण भ्रमणको क्रममा माननीय मन्त्री राईलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले स्वागत गर्नु भएको थियो ।

 वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु र प्रस्तुतिकरणको अवलोकन पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन तथा सम्वोधन गर्नु हुँदै देशको आन्तरिक शान्ति सुरक्षा र  अपराध अनुसन्धानको क्षेत्रमा अब्बल नेपाल प्रहरीलाई आवश्यक श्रोत साधनले सम्पन्न बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताउँदै उपलब्ध श्रोत साधनहरुलाई उच्चतम प्रयोग गर्दै देशको आन्तरिक शान्ति सुरक्षामा थप शसक्त भई लागी पर्न तथा संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू प्रतिवद्ध र लगनशील भई लागि पर्न निर्देशन दिनु भयो ।


 कार्यक्रममा मन्त्रालयका सचिब लक्ष्मी प्रसाद पौडेलले नागरीकको सुरक्षामा खटिने प्रहरी सुरक्षित भएमा मात्र जन चाहना बमोजिमको सुरक्षा ब्यबस्था प्रदान हुनेमा कुनै द्विबिधा नरहेको बताउँदै सो सम्बन्धमा थप कार्ययोजनाहरु बनाई अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले धन्यवाद मन्तब्य राख्नु हुँदै प्रदेश सरकारको साथ र सहयोग अतुलनिय रहेको बताउँदै आगामी दिनमा समेत थप साथ र सहयोगको अपेक्षा लिईएको बताउनु भयो । उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुनिल दाहालले कोशी प्रदेशको समग्र वस्तु स्थिति तथा वर्तमान शान्ति सुरक्षाको अवस्थाको वारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रदेश प्रहरी गण, जिल्ला प्रहरी कार्यालय मोरङ, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीका प्रहरी प्रमुख तथा अन्य प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.