Websoft University

बेलबारी बन्यो सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कोशी प्रदेशकै पहिलो पालिका


बिराटनगर | सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने बेलबारी नगरपालिका कोशी प्रदेशकै पहिलो पालीका बनेको छ ।  सरकारको मुख्य प्राथमिकताको क्षेत्रको रुपमा रहेको सामाजिक सुरक्षा कोषमा आम श्रमिकवर्गलाई जोड्ने सरकारको विशेष योजना अन्र्तगत मोरंग जिल्लाको बेलबारी नगरपालिका अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गर्ने कोशी प्रदेशको पहिलो नगरपालीका बनेको हो ।

बेलबारी नगरपालिका कार्यालयमा मिति २०८० पौष २३ गते कोषका तर्फबाट कोशी प्रदेश अन्र्तगत विराटनगर शाखा प्रमुख सौरभ मिश्र  र  बेलबारी  नगरपालिकाका मेयर दिलप्रसाद राई वीच नगरपालिकाका उप–प्रमुख नितु थापा र कोषका तर्फबाट महेश प्रधानको रोहबरमा बेलबारी नगरपालिकामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकसँगै स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सम्झौंता पत्रमा हस्ताक्षर भएको हो  ।

सम्झौता पछि बोल्नुुहुदै नगर प्रमुख राईले नगरपालिका क्षेत्र भित्रका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई आगामी माघ महिना देखि नियमित रुपमा सहयोगदान गर्ने बताउनु भयो । साथै आगामी आर्थिक वर्षको लागि श्रोत व्यवस्थापन गरि पालिकामा कार्यरत अस्थाई तथा करार कर्मचारीलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्ययोजना रहेको बताउनु भयो ।

सो अवसरमा कोषका तर्फबाट बोल्नुहुदै विराटनगर शाखा प्रमुख सौरभ मिश्रले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कोशी प्रदेशकै पहिलो स्थानिय तह बनेकोमा सिंगो बेलबारी नगरपालिकालाई बधाई तथा शुभकामना दिनुभयो । वर्तमान सन्दर्भमा जनताको जीवनयापन तथा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याहरुको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएको बताउनुहुदै बेलबारी नगरपालिकाको यस अभियानले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।

सोही अवसरमा बेलबारी नगरपालिका नगर क्षेत्रभित्रका अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिक, जनप्रतिनिधि तथा कोषवीचमा कोषमा आबद्धताका सम्बन्धमा तथा कोषका बारेमा त्रिपक्षिय अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भएको शाखा कार्यालय विराटनगरका सम्पर्क व्यक्ति महेश प्रधानले बताउनुभयो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.