Websoft University

हिसान स्पोर्टस् मिटको १२ औं संस्करण बुधबारदेखि विराटनगरमा सुरु


विराटनगर  । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण बुधबारदेखि विराटनगरमा सुरु भएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना भएको हो ।

‘हिसान मोरङको मूल मन्त्र शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने नाराका साथ सुरु भएको मिटमाबुधबार क्रिकेट र फुटबलका खेलहरुभएका छन् ।

विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा अकिैड कलेज र  शिक्षादीप कलेज विजयी भएको छ ।

पहिलो खेलमा अर्किडले नेशलन कलेजलाई ६३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १३ ओभरमा ४ विकेट गुमाई १ सय ८ रन जोडेको थियो । जस्मा सन्तोष चौधरीले ४४ रन जोड्दा राजाबाबु कामतले २० रन जोडे । नेशनलका लवन रिजालले २ विकेट लिए ।

१ सय ९ रनको चुनौती पाएको नेशनलले ९ दशमलव ५ बलमा सवै विकेट गुमाई ४५ रनमा सिमित भयो । जस्मा महमद हाज्रतले सर्वाधिक ११ रन बनाए । अर्किडका म्यान आफ द म्याच अरुण कामतले सर्वाधिक ४ विकेट लिए ।

दोस्रोखेलमा शिक्षादीपलेलर्डबुद्धकलेजलाई ८३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको शिक्षादीपले निर्धारित १५ ओभरमा ३ विकेट गुमाई १ सय ४९ रनको विशाल योगफल बनाएको थियो । जस्मा म्यान आफ द म्याच अमन अन्सारीले विस्फोटन ब्याटिङ गर्दै ५४ बलमा १ छक्का र ९ चौका प्रहार गर्दै ८५ रनमा अविजित रहे । लर्डबुद्धका विनायक अन्सारीले ३ विकेट लिए ।

१ सय ५० रनको चुनौती पाएको लर्डबुद्धले निर्धारित ओभर सवै विकेट गुमाई ६६ रनमा सिमित भयो । जस्मा सुमित साहले सर्वाधिक ३९ रन बनाए । शिक्षादीपका सुजन बस्नेत सर्वाधिक ४ विकेट लिए ।

त्यस्तै शहिद मैदानमा भएको फुटबल खेलमा  रेड स्टार, जेभियर्स, अरनिको र मेरिल्याण्ड विजयी भएका छन् ।

पहिलो खेलमा पथरीको रेड स्टारले विराटनगरको लर्डबुद्ध कलेजलाई पेनाल्टी सुटआउटमा ४–३ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमले गोल  रिहत बराबरीमा खेल खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । खेलको म्यान अफ द म्याच रेड स्टारका गोलकिपर समिर विष्ट घोषित भए । दोसा्रे खेलमा बुढीगंगाको जेभियर्स स्कुलले शिक्षा सदनलाई वाक ओभरका अभधारमा पारजित गरेको छ । निर्धारित समयसम्ममा शिक्षा सदन मैदानमा नआएपछि रेफ्रिले जेभियर्सलाई वाक ओभरमा विजयी घोषित गरेका हुन् ।

तेस्रो खेलमा विराटनगरका अरनिको कलेजले नेता चोकको पशुपति स्कूललाई ३–१ को गोल अन्तरले पराजित गरेको छ । अरनिको जितमा म्यान अफ द म्याच हिमेश पौडेलले २ गोल र सुरज कार्कीले १ गोल गरे भने पशुपतिका सुरज राईले १ गोल फर्काए ।

चौथो खेलमा मेरिल्याण्ड कलेजले सेन्टजेसेफ स्कुललाई २–१ को गोल अन्तरले पराजित गरेको छ । मेरिल्याण्डको जितमा म्यान आफ द म्याच तैम्बा तामाङ र श्रृयन्द्र ठकुरीले १–१ गोल गरे भने सेन्टजोसेफका मालन पोखरेलले १ गोल गरे

माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता हिसानसँग आवद्ध २९ वटा कलेजहरुका १ हजार २ सय बढी विद्यार्थीहरुले सभागिता जनाउने भएका छन् ।

यसपटकदेखि स्पोर्टस् मिटमा छात्रा फुटबल र कवडी खेल सहभागि गराएको अध्यक्ष ढकालले बताए । यस स्पोर्टस् मिटमा फुटबल  छात्र तथा छात्रा, क्रिकेट (छात्र), बास्केटबल (छात्र), कवडी(छात्र) भलिबल (छात्र तथा छात्रा), टेबलटेनिस सिंगल र डब्लस् (छात्र÷छात्रा), एथलेक्टिस का खेलहरु हुने छन् । आयोजकको तर्फबाट विजेता तथा उपविजता खेलाडीहरुले ट्रफी, मेडल प्राप्त गर्ने छन् भने खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी विजेता भए कलेजहरुले आन्तरिक रुपमा छात्रवृत्त दिने छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.