Websoft University

आरोहण गुरुकुलमा युवाकविहरूको जमघट


विराटनगर ÷ विराटनगरस्थित आरोहण गुरुकुलमा युवाकविहरु भेला भएर कविता वाचन गरेका छन् । शनिबारको विदाको दिनलाई सदुपयोग गर्दै कविहरु भेला भएर आ–आफ्ना कविता सुनाएका हुन् । यसरी कविता सुनाउँदा विराटनगरमा थप साहित्यिक माहोल बन्ने उनीहरुको भनाइ थियो । कार्यक्रममा कवि सविता गौतम दाहाल, शुभलक्ष्मी लम्साल, सीमा आभास, शकुन्तला जोशी, मीनकुमार नवोदित, घिमिरे युवराज,  दीपक शम्चु, धीरज राई, दीपा दाहाल, सविता भण्डारीलगायतले समसामयिक विषय केन्द्रित भएर लेखेका कविता सुनाए ।

काठमाडौंमा सञ्चार क्षेत्रमा सक्रिय कवि जोशी विराटनगर आएको सन्दर्भमा भेटघाटसँगै कविता वाचन राखिएको पत्रकारसमेत रहेका नवोदितले जानकारी दिए । जोशी पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रदान गर्ने सुदिस निरौला स्मृति साहित्य पुरस्कारबाट शनिबार नै सम्मानित भएकी थिइन् ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.