Websoft University

जिल्ला अस्पताल उदयपुरमा शुक्रबारदेखि हेमोडाईलोसिस सेवा सुरु


श्याम राई, उदयपुर-  गाईघाट, ५ माघ | जिल्ला अस्पताल उदयपुरमा शुक्रबारदेखि हेमोडाईलोसिस सेवा सुरु भएको छ ।

गत पौष ३ गते पूर्ब मंन्त्री डा.नारायण खड्काले उद्घाटन गरेको भए पनि केन्द्रको अनुमति नआउँदा सेवा सुरु हुन सकेको थिएन । सेवा सुरु भए लगत्तै उदयपुरको उदयपुरगढी–४ डुम्रेका २९ वर्षिय दिल वहादुर मगरले सेवा लिएकाछन् । ३ महिना अघि दुबै मिर्गौला खराब भएका मगरले यस अघि झण्डै १२ लाख खर्च गरेर काठमाडौं, विराटनगरको विभिन्न अस्पतालमा गएर डाईलोसिस गरेका थिए । जिल्ला अस्पतालमा उनको झण्डै ४ घण्टा लगाएर मिर्गौलाको डाईलोसिस गरिएको अस्पतालका मेसु डाक्टर ज्ञानेन्द्र झाले बताए । अस्प्तालमा एक पटकमा ४ जना विरामीको डाईलोसिस गर्न मिल्नेगरि उपकरण जडान गरिएको झाले बताए ।

अस्पताल प्रशासनले हाललाई सेवा निःशुल्क गर्ने गरेको उनले बताए । संघिय सरकार स्वास्थ्य मन्त्रालयको ८५ लाख र स्थानीय तहको २१ लाखगरि १ करोड ६ लाख रुपैयाको लागतमा उपकरण खरिद र भौतिक पूर्बधार निर्माणगरि सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।

 

 

 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.