Websoft University

नयाँ रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्छ - मेयर कोइराला


विराटनगर ÷ राष्ट्रिय गौरवको आयोजनामा समावेश विराटनगर–१९ वैजनाथपुरमा सुविधासम्पन्न रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने बताएका छन् ।  

नेप्लीज क्यानेडियन क्रिकेट क्लबले आयोजना गरेको खेल सामग्री हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले रंगशाला निर्माणपछि विराटनगरमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु गर्न सकिने दाबी गरे । उनले सो रंगशालामा नेपाल र भारतबीच प्रतियोगिता भएमा ठूलो संख्यामा भारतीय दर्शकसमेत आउने बताए । 

“सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरेको विराटनगर–१९ को रंगशाला निर्माणपछि यहाँ अन्तर्राष्ट्रियस्तरका ठूला प्रतियोगिता गर्न सकिन्छ,” उनले भने, “विराटनगरसित सिमाना जोडिएको बिहारमा मात्रै १६ करोडभन्दा बढी जनसंख्या रहेको छ । नेपाल र भारतबीच प्रतियोगिता भएमा बिहार मात्रै होइन उत्तर प्रदेश, पश्चिम बंगाललगायतबाट पनि दर्शक आउँछन् । उनीहरु केही दिन यहाँ बस्न सक्छन् । आसपासको क्षेत्रको भ्रमण गर्छन् । खेल पर्यटनको विकास हुन्छ र त्यसले आर्थिक गतिविधि बढाउँछ ।”

कोइरालाले पछिल्लो समय क्रिकेटले नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सफल भएको उल्लेख गरे । विगतमा फुटबल बढी आकर्षण देखिँदै आएकोमा पछिल्लो समय क्रिकेटप्रति आकर्षण बढेको उनको भनाइ थियो । सो अवसरमा नेप्लीज क्यानेडियन क्रिकेट क्लबले विराटनगरस्थित होराइजन क्रिकेट क्लबलाई क्रिकेट सामग्री प्रदान गरेको थियो ।

मेयर कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लबले होराइजलाई १ लाख ८० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री क्रिकेट सामग्री प्रदान गरेको थियो । लामो समयदेखि बस्दै आएका नेप्लीज क्यानेडियन क्रिकेट क्लबका संस्थापक अध्यक्ष इम्ब्रान अक्सरको पहलमा होइराइजन क्रिकेट क्लबलाई खेल सामग्री प्रदान गरिएको हो । 

कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष विश्वनाथप्रसाद भगत, वडा सदस्य आदित्य तुलाधर, १७ अका अध्यक्ष समिम कमर, नेपाल क्रिकेट संघ कोशी प्रदेश अध्यक्ष सर्वजीत पाण्डे, मोरङ अध्यक्ष बाबु नौसाद, आयोजक संस्थाका अध्यक्ष सुनिल पौडेल, सचिव कमल पुडासैनीलगायतले क्रिकेटको विकासका लागि तीनै तहको सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.