Websoft University

अज्ञात रोगबाट कृषि फर्ममा पालेको १८ वटा माउ बाख्रा मरेकाछन्


श्याम राई, उदयपुर-  गाईघाट, १८ पौष| | अज्ञात रोगबाट कृषि फर्ममा पालेको १८ वटा माउ बाख्रा मरेकाछन् ।

त्रियुगा नगरपालिका–१० बोक्सेस्थीत आदर्श टोलमा रहेको  हिमचुलि उद्यम केन्द्रमा पालेको १८ वटा माउ बाख्रा एकै दिन मरेको फर्म संचालक प्रेम वहादुर खड्काले बताए ।

सोमबार राती देखि एकैपटक बाख्राहरु बिरामी देखिएकोमा मंगलबार विहान ९ वटा मरेको उनले बताए । तत्काल पशु कार्यलयमा खबर गरेर जानकारी गराएको तर पशु चिकित्सक ढिलो आएको कारण बढी क्षति भएको उनले बताए ।

चिकित्सक आएर उपचार गर्दा गर्दै अरु ९ वटा गरि जम्मा १८ वटा बाख्रा मरेको उनले भने । चिकित्सकले के रोगबाट पशु मरेको ? भन्ने बारे केहि पत्ता नलगाएको खड्काले बताए ।

अज्ञात रोगबाट बाख्रा मरेपछि खड्काको गोठ पूरै रितिएको छ । घट्नाको जानकारी आए लगत्तै वडा अध्यक्ष किरण पाण्डे लगायतको टोली खड्काको फर्ममा पुगेर क्षेतिको विवरण लिएर फर्किएको उनले बताए ।

 

 

 

                                  

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.