Websoft University

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २९ पदक प्राप्त गरेर आदर्श मावि प्रथम


विराटनगर ÷ विराटनगर महानगरपालिकाले आयोजना गरेको १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विराटनगरस्थित आदर्श मावि प्रथम भएको छ ।

विराटनगर–११ स्थित जनपथ माविले संयोजन गरेको यसपटकको प्रतियोगितामा १४ स्वर्ण, ८ रजत र ७ कास्यसहित २९ पदक प्राप्त गरेर आदर्श मावि प्रथम भएको हो । त्यसैगरी ५ स्वर्ण, १० रजत र ६ कास्यसहित २१ पदक प्राप्त गरेर एभरेष्ट बोर्डिङ स्कुल द्वितीय र ४ स्वर्ण ६ रजत र ८ कास्यसहित १८ पदक प्राप्त गरेर सत्यनारायण माविले तृतीय स्थान हासिल गरेको छ । प्रतियोगिताका विजेता विद्यालयलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभयो । माघ ३ गतेबाट सुरु भएको प्रतियोगितामा विराटनगरका २० सामुदायिकसहित ४३ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, उसु, तेक्वान्दो र कराँते खेलमा १ हजार ५ सय जना विद्यार्थीले प्रतिस्पर्धा गरेको शिक्षा शाखाकी अधिकृत तारा शर्माले जानकारी दिइन् ।

प्रतियोगिताका विजेता खेलाडीहरूले अब अन्तरपालिकास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । समापन समारोहमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, विराटनगर–१ वडाध्यक्षसमेत रहनुभएका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, शिक्षा महाशाखाका संयोजक कृष्ण भट्टराई, जनपथ माविका प्रधानाध्यापकसमेत रहनुभएका आयोजक समितिका सदस्यसचिव हरिप्रसाद पराजुलीलगायतको सहभागिता रहेको थियो । हरेक वर्ष आयोजना हुने प्रतियोगिताको गत वर्ष रामजानकी माविले संयोजन गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.