Websoft University

माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुको विकल्प छैन ः कोइराला


विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको आरोपसमेत लगाए । सरकारले जनतामा आशा जगाउनसमेत नसकेको उनको टिप्पणी थियो । कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने नेता कोइरालाले दाबी गरे । “सरकारसँग जनता निराश भएका छन् । जताततै व्यथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ,” उनले भने, “जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन ।” नेता कोइरालाले आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश उन्मुख भएको बताए ।

कांग्रेसले मात्रै मुलुकको समस्या समाधान गर्न नेता कोइरालाको तर्क थियो । आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै नेता कोइरालाले भने, “लोकतन्त्रमा अंकको खेल हुन्छ । हामीसित दलको नेता फेर्ने संख्या छैन ।” नेता कोइरालाले कोशी प्रदेशमा देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनुपर्नेमा जोड दिए । पहिचानवादीहरुसितवार्ताकोटेबलमाबसेर विवाद मिलाउन उनले सुझाए । “कोशी नामका विषयमा विवाद छ । त्यसलाई असन्तुष्ट पक्षसित बसेर समाधान गर्नुपर्छ,” उनले भने ।

त्यस्तै नतो कोइरालाले राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना एनसिएल प्रकरणमा हुनै नसक्ने ठोकुवा गरे । “एनसिएलमा एक–दुई अर्ब होइन अर्बौं अर्ब घोटाला भएको छ,” कोइरालाले भने, “यति ठूलो घोटालामा राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना हुनै सक्दैन । कस–कसको संलग्नता छ भनेर विस्तारै अनुसन्धानले खुल्दै जाला ।”

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.