Websoft University

मेयर कोइरालाद्वारा सशस्त्र प्रहरीको भवनको शिलान्यास


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कंकालिनी गण टंकीसिनवारी मोरङको निर्माण हुन लागेको बैठककक्ष (मिटिङ हल)को शिलान्यासगर्नुभएकोछ ।


शुक्रबार गणमा आयोजित कार्यक्रममा मेयर कोइरालाले विधिवत रुपमा बैठककक्षको शिलान्यास गर्नुभयो । ४० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको भवन एसीसहितको सुविधासम्पन्न हुने सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज थापाले जानकारी दिनुभयो । ४० फिट लम्बाई र २० फिट चौडाइको भवनमा बैठकका साथै अन्य कार्यक्रमका लागि समेत प्रयोग गरिने जनाइएको छ । शिलान्यास कार्यक्रममा मेयर कोइरालाले शान्ति सुरक्षासहित सीमा सुरक्षा र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अहम रहेको बताउनुभयो । उहाँले विपदको बेला उद्धार र राहतमा समेत सशस्त्र प्रहरीले उत्कृष्ट काम गर्ने गरेको सुनाउनुभयो ।

कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगर, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, धनपालथानका अध्यक्ष जिवछ गच्छदार, जहदाका अध्यक्ष जितु साह, बूढीगंगा वडा नम्बर १ का अध्यक्ष सोमराज काफ्लेलगायतको उपस्थिति रहेको थियो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.