Websoft University

मोरंग व्यापार संघ ट्रेड एक्स्पो २०२३ सुरू


बिराटनगर | मुलुकको आर्थिक मेरुदण्डीय उद्योग÷व्यवसायको हक, हित, संरक्षण एवं यस क्षेत्रको आर्थिक गतिविधिको विकास एवं प्रवद्र्धनका लागि निरन्तर प्रयासरत रहँदै आएको यस संघले मुलुकको विद्यमान आर्थिक सिथिलतालाई चलायमान बनाउने उद्देश्यले विगत झैँ यस पटक पनि विराटनगरमा २०८० पौष ६ गतेदेखि १६ गतेसम्म अन्तर्राष्ट्रियस्तरीय एक्सपो, ‘मोरंग व्यापार संघ एक्स्पो २०२३’ आयोजना बिराटनगरमा गर्न लागेको सर्वविदितै छ ।

 यस प्रदेशका स्वदेशी उत्पादनहरु सहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरुको प्रवद्र्धन एवं विकासमा जोड दिनुका साथै यस क्षेत्रका आर्थिक गतिविधिहरुलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा झल्काउँदै गतिशील एवं प्रभावशाली बनाउने उद्देश्यले समय समयमा यस ऐतिहासिक औद्योगिक नगरी विराटनगरमा मेला, महोत्सव, प्रदर्शनी आदि आयोजना गर्दै आएको छ भने यस आर्थिक क्षेत्रको गतिविधिहरुको सम्वद्र्धन एवं विकासका लागि विगतमा आयोजना गरिएका मेला, महोत्सव, एक्स्पो आदिहरुको उदाहरणीय सफलता हासिल गर्दै यस क्षेत्रको उद्योग, व्यवसाय, कृषि, पर्यटन तथा सेवा क्षेत्रहरुको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याएको स्मरण गराउन चाहन्छौँ ।

 स्वदेशी उद्योग÷व्यवसायको प्रवद्र्धन, नेपाल व्यापार रणनीति (ल्त्क्ष्क्) अन्तर्गत पहिचान गरिएका यस प्रदेशका अधिकांश वस्तुहरु सहित अन्तर प्रादेशिक उत्पादन र सेवाहरुको राष्ट्रिय÷अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताहरु बीच व्यवसायीक सम्बन्ध र सहकार्य स्थापना, यस प्रदेशका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार लगायत कैयौँ प्रवद्र्धनात्मक कार्यहरु गराउने प्रमुख उद्देश्य सहित यस औद्योगिक÷ व्यवसायिक क्षेत्रको विकास एवं प्रवद्र्धनार्थ विशेष सहयोग पु¥याउने अभिप्रायले यस संघले यस वर्ष पनि सो एक्सपो संचालन गरेको हो ।

 मोरंग व्यापार संघ एक्स्पो २०२३’ को पूर्व संध्यामा आयोजित यस पत्रकार सम्मेलन मार्फत यस एक्स्पोका सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै भोली मिति २०८० पौष ६ गते, शुक्रबारका दिन यस एक्स्पोलाई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले समुद्घाटन गर्नु हुँदैछ ।

 यस पटकको मेलामा ३०,००० वर्ग फिटको नेपालकै सबै भन्दा ठूलो जर्मन प्रविधिका हेंगरमा निर्मित करिब २४० स्टलहरु सबै बुक भई सकेका छन् । महोत्सवलाई अकर्षक बनाउन पशुपतिनाथ र स्वयंभु प्यागोडा आकृतिको २५ फिट अग्लो मुख्य प्रवेशद्वार र ५५ फिट अग्लो आई.फिल. टावरको आकृति निर्माण गरिएको छ।

 यस एक्स्पोमा कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिका सह–आयोजकका रुपमा रहेका छन् भने यसको डायमण्ड स्पोन्सरमा महासैन दी हट्टी, श्री कृष्ण टे«डर्स, विराटनगर रहेको छ ।

 त्यसै गरी गोल्ड स्पोन्सरमा खुकुरी ह्ह्ह् रम, नेपोभिट टायल्स्, द्दएः स्नेक्स नुडल्स्, सेन्चुरी स्पाईसेस एण्ड स्नेक्स र डेल्डा टायर एण्ड ट्युब्स रहेको छन् भने सिल्भर स्पोन्सरमा रिजालको सीपीभिसी, पीभिसी, एचडीपीई पाईप, मेजिक फुटवेयर र राठी एफ.आर.एल.एस. केवल रहेका छन् ।

 यसै गरी यस एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौँ, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश, उद्योग संगठन मोरङ, मोरंग अटोमोवाईल डिलर्स एशोसिएसन, नेपाल घरेलु तथा साना उद्योग महासंघ, विराट व्यापार संघ र प्याब्सन, विराटनगरले सहयोग गरिरहेका छन् ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.