Websoft University

कोशी प्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्थाको अन्त्य हुन्छ ः मुख्यमन्त्री कार्की


मोरङ — मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्था अन्त्य हुने बताएका छन् ।

 रिडेफ नेपालले बिहीबार आयोजना गरेको प्रदेशको नीति तथा योजनामा दलित सरोकार विषयक अन्तरक्रियामा उनले विभेदरहित समाज निर्माणका लागि चालू आर्थिक वर्षबाट प्रदेश सरकारले सुरू गरेको मानवीय विकास अभियानले कोशी प्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्था नरहने बताएका हुन् ।

 झयसका लागि प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, प्रत्येक पालिकाका दुई जना विपन्नलाई कृषि र पशु प्राविधिक शिक्षालगायतका मानवीय विकासको काम सुरू भइसकेको छ,ञ उनले भने, झबजेटमा अधिकार खोज्ने भन्दा समानता र विभेदरहित समाज निर्माणमा जानुपर्ने बेला आइसकेको छ ।ञ

 मुख्यमन्त्री कार्कीले रैतिबाट नागरिक बनाउने क्रममा समावेशी अभियान सुरू भएर अहिले राज्यका हरेक अंगमा समावेशी बनाइयो तर अब समानताको विषयले १० वर्षपछि दलित भन्न नपाइने अवस्था बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताएका हुन् ।

 झकांग्रेस नेता मिनबहादुर बिश्वकर्माको घरमा सबै वर्ग, जात, धर्मका मान्छे जान्छन् र खान्छन् त्यसैले अब उहाँ दलित अभियानकर्ता भए पनि उहाँ दलित होइन,ञ उनले भने, झजात धनसँग जोडिएको छ । समाजमा गरीव भएपछि विभेद सुरू हुन्छ । यहाँका मानिसहरूको जात, धर्म, गोत्र, बंश, पितृ, व्यवहार, संस्कार र संस्कृति सामान रहेकाले हामी सबै एकै जातका हौं ।ञ

 अब दलित र गैर दलित नभनौं, हामी सबै समानताको व्यवहार गरौं र त्यसमा राज्यले प्रमाणीकरण गरिदिने विषय भएको उनले बताएका छन् । झसम्पति, शिक्षा र स्वास्थ्यबाट मात्रै समाजमा समानताका लागि सबैको पुनर्वहाली हुन्छ,ञ मुख्यमन्त्री कार्कीले भने, झ१० वर्षपछि दलित नलेख्न शिक्षा, स्वास्थ्य र सम्पतिमा समानता कायम गर्नुपर्छ ।ञ अब बजेटमा दलित नलेखौं त्यसमा टाठाबाटले मात्रै हालिमुहाली गर्छ र झन विभेद बढ्दै जाने उनको भनाइ छ ।

 झप्रदेश सरकारले विभेदरहित समाजको अभियानलाई गति दिइसक्यो,ञ उनले भने, झब्राह्मण समाजमा नै सबभन्दा बढी विभेद छ किनकी जैशीले छोएको ब्राह्मणले खाँदैन । एउटा थरको कथित दलितले अर्काे थरका दलितले छोएको नखाने हाम्रो समाज छ ।ञ

 परम्परागत सीपलाई प्राविधिक शिक्षाको रूपमा ब्राण्डिङ्ग गर्न नसकेकाले पनि नेपाली समाज पछि परेको मुख्यमन्त्री कार्कीलेलबताए । झप्राविधिक शिक्षामा ब्यूटिसियन, तालिमले मात्रै हुन्छ ? खुकुरी, चुलेसी, दौउरा सुरूवाल बनाउने सीप प्राविधिक शिक्षामा नराख्ने ? जसले कडा परिश्रम गर्नेलाई भाषा र व्यवहारले कमजोर बनाएकाले नै हामी पछि पर्याैं ।ञ उनले हामी कहाँ श्रमको सम्मान नभएकाले नै पछि परेको तर पनि समाजमा श्रमको आधारमा विभेद कायम नै रहेको बताए ।

 झसरकारको हतियार कानून, नियम हो । कानून कसैलाई कब्जामा राख्न होइन समाज सुधार र व्यवस्थित बनाउने आचारसंहिता हो,ञ उनले भने, झसहजीकरण गर्न मात्रै कानून हो, डर देखाउन र त्रसित बनाउने होइन । दलितको लागि भनेर सधैं दलित बनाइ राख्न कानून बनाउनु उपयुक्त नभएकाले समानता र विभेद अन्त्यका लागि बनाउँछु ।ञ

 कोशीमा ४ जना प्रदेश सांसद, १ हजार २१९ जना पालिकामा वडा सदस्य र वडा अध्यक्ष १० र अध्यक्ष १ जना निर्वाचित भएको संख्या बढाउन सबैको योगदान आवश्यक भएको मुख्यमन्त्री कार्कीले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.