Websoft University

शिक्षादीपको कविता प्रतियोगितामा मेनुका प्रथम


विराटनगर ÷ शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा मेनुका खड्का प्रथम भएकी छन् ।

दुई दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै ‘भ्रष्टाचारले भरिएको मेरो देश’ शीर्षकको कविता वाचन गरेर मेनुका प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा डोरिक मण्डल द्वितीय, यसश्वी बराल तृतीय हुँदा गुरुचरण मेहता र रोशन महतोले सान्त्वना स्थान प्राप्त गरे । द्वितीय हुने डोरिकले अंग्रेजी र सान्त्वना हुने महतोले मैथिली भाषाको कविता सुनाएका थिए । कवि एवं पत्रकार मीनकुमार नवोदित र डा. विमलकिशोर श्रीवास्तव निर्णायक रहेको समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।

पुरस्कृतहरुलाई कलेजका अध्यक्ष भीम पराजुली, प्रिन्सिपल ज्ञानबहादुर खड्का, व्यवस्थापन संकायका संयोजक शंकर भट्टराई, सञ्चालक शैलेन्द्र शिवाकोटीलगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो । सोही अवसरमा कक्षागत रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यसमेत रहेका पराजुलीले कक्षागत पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गरे । प्रिन्सिपल खड्काले शिक्षादीपले विद्यार्थीको चौतर्फी विकासका लागि ध्यान दिएको जानकारी गराए । शिक्षादीपबाट उत्पादित विद्यार्थी हरेक क्षेत्रमा अब्बल रहेको उनको दाबी थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.