Websoft University

नसर्ने रोगसम्बन्धी महानगरमा अभिमुखीकरण


विराटनगर ÷विश्वमा हरेक वर्ष हुने मृत्यु मध्ये झण्डै ९० प्रतिशत नसर्ने रोगका कारण हुने गरेको विज्ञहरुले बताएका छन् ।

विश्व स्वास्थ्य संगठन, नेपाल र सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको सहयोगमा विराटनगर महानगरपालिकाले शुक्रबार आयोजना गरेको नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ अभिमुखीकरण कार्यक्रममा बोल्ने विज्ञहरुले मृत्यु हुनेमध्ये नसर्ने रोगका कारण ९० प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गरे । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको कार्यक्रममा मातृत्व सञ्जाल महासंघका प्राविधिक विज्ञ सुजनराज जोशीले सुर्तीजन्य पदार्थ प्रयोग, अस्वस्थ र खानपान, शारीरिक सक्रियताको कमी, मादकपदार्थको प्रयोग, वायु प्रदूषणलगायतका कारणले लाग्ने गरेको बताउनुभयो ।

खानपान र आनीबानीमा ध्यान दिएमा नसर्ने रोगबाट बच्न सकिने उहाँको भनाइ थियो । अर्का विज्ञ सुनिल श्रेष्ठले २१ औं शताब्दीमा नसर्ने रोगहरु विकासको मुख्य चुनौती बनेर देखा परेको बताउनुभयो । नसर्ने रोगहरुका लागि गरिने खर्चले नेपालीहरुलाई गरिबीतर्फ धकेल्दै लगेको उहाँको भनाइ थियो ।

श्रेष्ठले नसर्ने रोगहरुले सामाजिक र आर्थिक प्रगतिमा बाधा पु¥याउनुका साथै नेपालको दिगो विकासमा लक्ष्य हासिल गर्ने मार्गलाई समेत अवरोध गर्ने बताउनुभयो । उहाँले स्थानीय तहदेखि नै सचेतना जगाउनुपर्नेमा जोड दिनुभयो । मुटु तथा रक्तनलीसम्बन्धी रोग, मधुमेह, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग, मानसिकलगायतलाई नसर्ने रोगका रुपमा विश्व स्वास्थ्य संगठनले परिभाषित गरेको छ । कार्यक्रममा मेयर कोइरालाले नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि सचेतना जगाउन महानगर लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.