Websoft University

मेयर कोइरालाको पहलमा सुनसरी–मोरङ सिंचाई आयोजनाले नहर सफा गर्दै


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आसन्न छठ पर्वलाई ध्यानमा राखेर नहरको सफाईमा अग्रसरता लिनुभएको छ ।

नहर सरसफाईका लागि मेयर कोइरालाले सुनसरी–मोरङ सिंचाइ आयोजनाका इन्जिनियर कुमार घिमिरेसहितको टोलीलाई महानगरमा बोलाएर तत्काल नहर ससफाई गर्न आग्रह गर्नुभयो । समयमै नहर सफा गर्न सकिएछठका ब्रतालुलाईपूजाआजा गर्न सहजहुने उहाँको भना थियो ।

आयोजनाका प्रमुख विराटनगरबाहिर भएकाले छलफलका लागि इन्जिनियर घिमिरे आउनु भएको हो । महानगरले आयोजना प्रमुखलाई छलफलका लागि बोलाएको थियो । इन्जिनियर घिमिरेले केही दिनमै नहरको सफाई सुरु गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 महानगरको विभिन्न वडा हुँदै बग्ने नहरमा स्थानीयले फोहोर फ्याल्दा दुर्गन्धित हुने गरेको छ । महानगरले पटक–पटक सूचना जारी गरेर नहरसहितका सार्वजनिक स्थलहरुमा फोहोर नफाल्न आग्रह गर्दै आएको छ । गत वर्ष पनि महानगरका मेयर कोइरालाको पहलमा तिहार अघि नै नहरको सफाई गरिएको थियो । छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, योजना महाशाखा प्रमुख अर्जुन थापालगायतको सहभागिता रहेको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.