Websoft University

दुर्घटनामा परेको कारमा आगजनी


विराटनगर ÷ इलामको रोङ गाउँपालिका वपडा नम्बर ३ कोलबुङमा दुर्घटनामा परेको कार जलाएको अवस्थामा भेटिएको छ ।

गत मंसिर १ गते दुर्घटनामा परेको कार लिन जाँदा जलाएको अवस्थामा भेटिएको कार धनी सचिन पोखरेलले जानकारी दिनुभयो । सडकबाट करिब ३ सय मिटर तल झरेर दुर्घटना भएको सो कार डेढ महिनादेखि दुर्घटनास्थलमै रहेको र शनिबार लिन जाँदा जलाएको अवस्थामा भेटिएको उहाँले बताउनुभयो । इलामबाट झापातर्फ आउँदै गरेको बी एए १६९२ को कार दुर्घटना हुँदा ५२ वर्षीय कारधनी पोखरेलसहित ५७ वर्षीय राजकुमार पौडेल, विराटनगर–२ का २४ वर्षीय अर्जुन महर, झापा दूधेका मनोज राईसहित ५ जना घाइते हुनुभएको थियो ।

प्रहरी चौकी हर्कटे इलामका प्रहरी सहायक निरीक्षक रमेश बस्नेतको टोलीले दुर्घटनामा परेकाहरुको उद्धार गरी उपचारका लागि झापास्थित वीएण्डसी अस्पताल पठाएको थियो । उपचारपछि कारधनी पोखरेल घर फर्किनुभएको थियो । नेपाली कांग्रेस विराटनगर महानगर समितिका सहसचिवसमेत रहनुभएका पोखरेलले कार जलाउनेलाई पक्राउ गरी कारबाही गर्न मागसमेत गर्नुभएको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.