Websoft University

धनकुटा नगरमा कीटजन्य रोग नियन्त्रणको समीक्षा


धनकुटा, १७ कात्तिक । धनकुटा नगरपालिका क्षेत्रमा कीटजन्य रोग नियन्त्रणका लागि गरिएका कामको समीक्षा गरिएको छ । धनकुटा नगरपालिकाको स्वास्थ्य उपशाखाले कीटजन्य रोग नियन्त्रण तथा डाटा भेरिएसन सम्बन्धी एक दिने समीक्षा कार्यक्रम गरेको हो ।

   कार्यक्रममा धनकुटा नगर क्षेत्रमा डेंगु, स्क्रवटाइफस, मलेरिया, कालाजार जस्ता कीटजन्य रोगको प्रभाव सम्बन्धी छलफल गरिएको छ । लामखुट्टे, किर्ना, भुसुना लगायतको टोकाइबाट सर्ने यस्ता कीटजन्य रोगको नियन्त्रणका लागि गरिएका प्रयास र उपलब्धीको समीक्षा पनि गरिएको छ । धनकुटा नगरमा केही महिना अघि १९० जना भन्दा बढीमा डेंगु रोगको संक्रमण र १३ जनामा सक्रवटाइफसको संक्रमण देखिएको थियो । अहिले उनीहरु सबै निको भइसकेकाले नगर क्षेत्रमा कीटजन्य रोग रोकथामको प्रयास प्रभावकारी देखिएको धनकुटा नगरपालिकाका स्वास्थ्य उपशाखा प्रमुख भोजराज भण्डारी बताउँछन् ।


    धनकुटा नगर क्षेत्रमा २७ जना स्वास्थ्यकर्मी र ४५ जना महिला स्वास्थ्य स्वयंसेवक कार्यरत छन् । उनीहरूलाई पूर्ण खोप सुनिश्चितताको दिगोपनका लागि सक्रियतापूर्वक भूमिका निर्वाह गर्न पनि कार्यक्रममा आग्रह गरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.