Websoft University

ग्रिन सिटी भलुन्टियर कार्यक्रमको अभिमुखीकरण सहित सुरुवात


विराटनगर । विराटनगर महानगरपालिका र दिगो विकास इन्स्टिच्युटको सह–आयोजनमा सहरलाई थप स्वच्छ र हरित बनाउन जलवायु परिवर्तन, वातावरण र दिगो विकास सम्बन्धी एक वर्षे युवा तथा बालबालिका संलग्नता कार्यक्रम ग्रिन सिटी भलुन्टियरको सुरुवात भएकोे छ ।्

 विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित अभिमुखिकरण सहित सुरुवात भएको हो ग्रिन सिटी भलुन्टियर कार्यक्रम नेपालको जलवायु परिवर्तन नीति २०२० मा उल्लेख भए अनुसार १५ देखि २२ बर्ष उमेर समुहका बालबालिका र युवा संलग्नतामार्फत जलवायु संकट र वातावरणीय समस्यालाई सम्बोधन गर्न केन्द्रित युवा संलग्न कार्यक्रम    हो । यो कार्यक्रमले विराटनगर महानगरपालिकासँगको सहकार्यमा जलवायु परिवर्तन नीति कार्यान्वय नगर्ने उद्देश्य राखिएको बताइएको छ ।

 वन, वातावरण तथा विपद् व्यवस्थापन समिति, विराटनगर महानगरपालिकाका संयोजक तथा वडा नं. ३ का अध्यक्ष वासुवाहादुर वस्नेतको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा वडा नं. ११ का अध्यक्ष तिर्थन्द्र नेउपाने, वडा नं. १ का अध्यक्ष काजी वस्नेत, वडा नं. १४ का वडा अध्यक्ष सुर्यनारायण महत, वडा नं. १० का अध्यक्ष अर्जुन गिरी र जागरण विराटनगरका संयोजक प्रतिक्षा वस्नेत ज्सहभागि रहेको थियो ।

 विराटनगरका विभिन्न वडाबाट छनोट भएका २२ जना स्वयंसेवकलाई ग्रीन सिटी स्वयंसेवकको संलगनता योजनामा अभिमुखीकरणमा दिगो विकास इन्स्टिच्युटका कार्यक्रम निर्देशक अभिषेक श्रेष्ठ र वरिष्ठ कार्यत्रम अधिकृत प्रयास अधिकारीले गरेका थिए । अतिथिबाट छनोट भएकोमा सम्पूर्ण स्वयंसेवकहरुलाइ बधाई सहित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । यस कार्यत्रम अन्तरगत हाल २२ जना स्वयंसेवक छनौट भएकोमा अब थप वडावाट वाँकी रहेका स्वयंसेवकहरुलाई दोस्रो चरण मार्फत छनौट गरिने योजना रहेको जानकारी दिगो विकास इन्स्टिच्युटका वरिष्ठ कार्यत्रम अधिकृत अधिकारीले दिए ।

 सम्बन्धित वडा कार्यालय तथा विराटनगर महानगरपालिकासँग समन्वय गरी जलवायु परिवर्तन, वातावरण र दिगो विकास सम्बन्धी कार्यक्रम र आयोजनाको नेतृत्वगर्न सक्ने गरी विभिन्न विषयमा स्वयंसेवकहरूलाई विभिन्न अवसर र संलग्नता उपलब्ध गराइने यस कार्यक्रमको लक्ष्य रहेको जानकारी अधिकारीले दिए  ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.