Websoft University

विराटनगर महानगरपालिका मेयर कोइराला चीन प्रस्थान


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला चीन प्रस्थान गर्नुभएको छ ।

कात्तिक २६ देखि ३० गतेसम्म चीनको लीयू सहरमा हुने युनाइटेड सिटिज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (युसीएलजी) को सम्मेलनमा सहभागी हुन मेयर कोइराला शनिबार राति चीन प्रस्थान गर्नुभएको हो ।

लीयू सहरमा हुने युसीएलजीको कंग्रेसमा मेयर कोइरालाले स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती, अवसरलगायतका विषयमा केन्द्रित रहेर सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि मेयर कोइराला तीन साता लामो अमेरिका भ्रमण गर्नुभएको थियो । अमेरिकामा रहँदा न्यूयोर्कका मेयर, सिनेटरसहित विभिन्न सहरका मेयरसित भेटघाट गर्नुका साथै नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा समेत सहभागिता जनाउनुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.