Websoft University

मेयर कोइरालाद्वारा नहर सरसफाईको अनुगमन


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आसन्न छठ पर्वलाई ध्यानमा राखेर भइरहेको नहर सरसफाईको अनुगमन गर्नुभएको छ ।

मेयर कोइरालाको पहलमा सुनसरी–मोरङ सिंचाई आयोजनाले नहरको सरसफाईलाई तीव्रता दिएको छ । नहर फोहोर हुँदा छठ पर्वमा ब्रतालुहरुलाई पूजाआजा गर्न असहज हुने भएपछि महानगरका मेयर कोइरालाले केही दिनअघि आयोजनाका इन्जिनियर कुमार घिमिरेलाई महानगरमा बोलाएर नहर सरफाई गर्न आग्रह गर्नुभएको थियो । महानगर क्षेत्रभित्र पर्ने नहरको सरसफाई केही दिनमै सक्नेगरी तीव्र रुपमा काम भइरहेको छ ।  

सरसफाई शाखाका प्रमुख पुनम दाहाल, किरण न्यौपाने, महानगर प्रहरीका प्रमुख राजन पौडेल, सचिवालयको टिमसहित मेयर कोइराला अनुगमनमा पुग्नुभएको थियो । सो क्रममा आयोजनाका इन्जिनियर घिमिरेले दैनिक ५० जनाभन्दा बढी मजदुरले नहर सरसफाई गरिरहेको जानकारी गराउनुभएको थियो । नहरबाट निकालिएको फोहोर महानगरको सवारी साधनमार्फत व्यवस्थापन गर्ने गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.