Websoft University

घरघरमा वृक्षारोपण गर्न मेयर कोइरालाको आग्रह


विराटनगर | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हरेक घरमा वृक्षारोपण गर्न आग्रह गर्नु भएको छ ।

५० औं विश्व वातावरण दिवसका अवसरमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र विराटनगर र विभिन्न संस्थाको सहकार्यमा विराटनगर महानगरपालिकाको वातावरण शाखाले आयोजना गरेको छुट्टटाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले वनजंगल मासिँदै जाँदा वातावरणमा गम्भीर असर परेको बताउनुभयो । 

उहाँले दिवसमा मात्रै नभएर वातावरण संरक्षणमा अन्य समयमा पनि लाग्नुपर्नेमा जोड दिनुभयो । “सहरी क्षेत्रमा पनि हरेक घरमा केही न केही जग्गा खाली हुन्छ, जति जग्गा छ त्यहाँ विरुवा रोपौं,” उहाँले भन्नुभयो, “यदि ठाउँ छैन भने घरको छतमा भए पनि ठूला नहुने विरुवा रोपौं । यसले पनि महानगरलाई हरियाली बनाउन सहयोग पुग्छ ।” मेयर कोइरालाले जलवायु परिवर्तनका कारण मानवजीवनसँगै जीवजन्तु र पशुपंक्षीमा समेत गम्भीर असर पर्न थालेको उल्लेख गर्नुभयो । भौतिक संरचना निर्माण गर्दा रुख कटान गर्दा पर्यावरणमा धेरै नै समस्या देखिन थालेको उहाँको भनाइ थियो ।

“अहिलेको जुन जलवायु परिवर्तनको समस्या छ । यो हाम्रो जस्तो देश र हामीले गरेर रोक्न सकिँदैन,” उहाँले भन्नुभयो, “तर हामीले वृक्षारोपण गरेर, वनजंगल जोगाएर हरियाली बनाउन सक्छौं ।” ।।।एक घर एक रुख’को नीतिलाई महानगरले कडाइका साथ लागू गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पर्न छाडेर हिमालहरु काला पत्थरमा परिणत हुन थालेको उहाँको भनाइ थियो । विगतमा भन्दा गर्मीको बढ्नुको पछाडि पनि जलवायु परिवर्तनकै असर भएको उहाँले बताउनुभयो । कार्यक्रममा विराटनगर वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीले वडामा वृक्षारोपणका लागि अभियान नै सञ्चालन गर्ने

बताउनुभयो । ब्रम्ह्राकुमारी राजयोग सेवा केन्द्रकी सञ्चालिका गीता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा भारतको गड्डीउड स्टुडियोका नेपाली र बंगाली भाषा विभागका प्रमुख चित्तरञ्जन भाइ, स्नातकोत्तर क्याम्पस विराटनगरका प्राणी विभागका उपप्राध्यापक रामचन्द्र अधिकारी, महेन्द्र मोरब क्याम्पस विराटनगरका रासायन विभागका प्रमुख प्रा.डा. अजय भट्टराई, राजयोग प्रशिक्षक तुलसी उप्रेती, विनोद भाइलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

महानगरसँगको सहकार्यमा दिगो विकास इन्स्टिच्यूटसहित विभिन्न संस्थाले साइकल ¥यालीसमेत निकालेका थिए । मेयर कोइरालाले साइकल कुदाएर ¥यालीको उद्घाटन गर्नु भएको थियो । हिमालय रोडबाट सुरु भएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थिया

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.