Websoft University

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्ने नेपालको राष्ट्रिय फुटबल टिमलाई केटीएम सिटीले प्रायोजन गर्यो


काठमाडौं । रातो तारा डट कम,शेर्पा आउटडोरको केटीएम सिटीले दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय फुटबल टिमलाई प्रायोजन गरेको छ । बुधबार भारतको बैंगलोरमा सुरु हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्ने नेपालको राष्ट्रिय फुटबल टिमलाई केटीएम सिटीले प्रायोजन गरेको हो । पछिल्लो दुई वर्ष केटीएम सिटीले राष्ट्रिय फुटबल टिमको मुख्य किट पार्टनरको रुपमा अखिल नेपाल फुटबल संघ एन्फालाई सहयोग गरेको थियो ।

एन्फाबाट सहयोगको माग भएअनुसार केटीएम सिटीले म्यानमारमा सम्पन्न एएफसी यू–२० वुमेन्स एसियन कप छनोट प्रतियोगिता खेलेको महिला टिम र भारतमा बुधबार सुरु हुने साफ खेल्ने राष्ट्रिय फुटबल टिमलाई प्रायोजन गरेको हो । 

एन्फाले जर्सी, ट्रयाकसुट, ट्रेनिङ्ग जर्सी, किट ब्याग लगायतका खेल सामाग्री प्रायोजनका लागि अनुरोध गरेअनुसार शेर्पा आउटडोर स्पोर्ट्स गुड्स इन्डष्ट्रिज प्रालीको केटीएम सिटीले १५ लाख २७ हजार ९ सय १८ रुपैयाँको खेल सामाग्री निशुल्क रुपमा प्रायोजन गरेको छ।

नेपाली खेलकुदको विकास र प्रबद्र्धनमा केटीएम सिटीले सधै सहयोग र सहकार्य गर्दै आएको छ । खेलकुदसँगको सहयोगलाई हामीले बिशुद्ध राष्ट्रप्रतिको जिम्मेवारी र सेवाको दृष्टिकोणले लिएका छौं । फुटबल सहित नेपाली खेलकुदका अन्य स्पर्धासँग जोडिएर हामीले निरन्तर सहयोग गर्दै आएका छौं । 

केटीएम सिटीले फुटबल सहित क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, टेनिस, बक्सिब, मार्सल आर्ट लगायतका खेलमा सहयोग गर्दै आएको छ । आम सर्वसाधारणले केटीएम सिटीप्रति देखाउनु भएको माया र सद्भावका कारण यो सहयोग सम्भव भएको हो । नेपाली खेलकुदको विकास र प्रबद्र्धनमा सेवा गर्न हामी सधै तयार रहेको जानकारी गराउन चाहन्छौं |


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.