Websoft University

अभिषेक गिरीद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण


विराटनगर । युवा व्यवसायी  तथा समाजसेवी अभिषेक गिरीले विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण गरेका छन् । गिरीले विराटनगर महानगरपालिका १६ मा अवस्थित विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने पाथिभरा जनता अध्ययन केन्द्रका विपन्न बालबाबिकाहरुलाई  कपडा तथा शैक्षिक सामाग्रि वितरण गरेका हुन् ।


गिरीले विद्यालयमा अध्ययनरत ३० जना बालबालिकालाई स्कुल ब्याग एक एक थान ,कलम, कापी, पेन्सिल , खाजाका लागि चाचाउ, बिष्कुट लगायतका सामाग्रि वितरण गरेका थिए ।

विपन्न समुदायका सबै बालबालिकाहरु शिक्षाको पहुँच सम्म पुगेका छैनन्, उनीहरुलाई शैक्षिक क्षेत्रमा सहजता प्रदान गर्नका लागि कपडा र शैक्षिक सामाग्रि प्रदान गरिएको गिरीले बताए । गिरी पछिल्लो समय समाजसेवा र राजनितिमा सक्रिय रहँदै आइरहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.