Websoft University

उदयपुरको लाल बजारमा टिफरमा आगजनी-आक्रोशित भिडले ढुंङ्गा मुढा गरेपछि दमकल आँगो ननिभाई भाग्यो

 


श्याम राई÷उदयपुर -गाईघाट, ५ जेष्ठ | टिफरको ठक्करबाट उदयपुरको रामपुरस्थीत लाल बजारमा शुक्रबार दिउँसो ४ वर्षिया वालिकाको मृत्यु भएको छ ।

बेलटारदेखि गिट्टी बोकेर रामपुरतर्फ जादै गरेको प्र–२–०३–००–१ ख ४३०९ नम्बरको टिफरले मदन भण्डारी राजमार्ग अन्तर्गत रामपुरको लाल बजारमा बाटो क्रस गर्दै गरेकी ४ वर्षिया वालिका एन्जिला रानामगरलाई ठक्कर दिदा घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनापछि आक्रोशित भिडले बेलटारदेखि रामपुरतर्फ गिट्टी लिन जादै गरेको प्रदेश–२–०१–००१–००१ क ००–२४ नम्बरको टिफर जलाईदिएका छन् । गाईघाटदेखि आँगो निभाउन गएको दमकललाई समेत आक्रोशित भिडले ढुंङ्गा मुढा गरेपछि दमकल आँगो ननिभाई फर्केको प्रहरीले जनाएको छ । 

घटना स्थलमा अहिले थप प्रहरी फोर्स पठाईएको एसपी ज्ञानेन्द्र फूयालले बताए । गाडीका चालक कटारी नगरपालिका–२ का २३ वर्षिय टुक राज तामाङ्ग र टिफरलाई रामपुर प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

 

 


 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.