Websoft University

फाइनल खेलको उपाधि बालुवथान फुटवल क्लव गौरादहले जित्यो

 


दमक | न्यू सृजना क्लव उर्लावारीले आयोजना गरेको प्रथम किशोर मुर्मु स्मृति कप प्रतियोगिताको फाइनल खेलको उपाधि बालुवथान फुटवल क्लव गौरादहले जितेको छ । 

गौरादह५ स्थित वालुवथान खेलमैदानमा भएको प्रतियोगिताको खेल समय अवधिमा वरावरी भएपछि प्यानेल्टीमा रियल स्टार फुटवल क्लव दमकलाई हराउदै बालुबथानले उपाधि जितेको हो । मोरङ स्थित उर्लावारी ९ को सिमानामा रहेको बालुबथान खेल मैदानमा भएको फाइनल खेलको उपाधि संगै विजेता बालुवथान टिमले नगद ५१ हजार ट्रफी मेडल पाएको छ । 

उपविजेता रियल स्टार दमकले नगद २५हजार ट्रफी मेडलमा चित्त बुझाएको थियो । निधारित समयमा दुवै टिमको एक –एक गोलको वरावरी भएको थियो । विजेताहरुलाई प्रमुख अतिथि उर्लावारी ९का वडा अध्यक्ष नर बहादुर मोक्तानले पुरस्कार प्रदान गर्नु भएको क्लवका अध्यक्ष सुमन राईले जानकारी दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.