Websoft University

बिराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी

 


बिराटनगर जेठ १३ गते | रातो तारा डट कम, कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ६ बजेदेखि लागु हुने गरी विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रदेशको नाम कोशी राखिएको विरोधमा प्रदर्शन गर्दै आएका पहिचान समर्थकको आन्दोलन उग्र बन्ने शंकामा जिल्ला प्रशासन कार्यालय मोरङले विभिन्न ठाउँमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले विज्ञप्ती जारी गर्दै निषेधित क्षेत्रमा सर्वसाधारण तथा गाडी आवतजावतबाहेक सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको बताएका छन् ।

प्रदेशसभा पूर्वमा देवकोटा चोकबाट पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रोडशेष चोकबाट दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३ सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकबाट पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

भोलिदेखि सुरु हुने कोशी प्रदेशको बर्खे अधिवेशन आन्दोलनकारीले प्रभावित पार्न सक्ने र आक्रमणकै डर भएकाले निषेधाज्ञा लगाइएको प्रशासनको भनाई छ । गएको फागुन १७ गतेको प्रदेश सभाको बैठकले कोशी नामाकरण गरेपछि प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ ।

‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार, मिति २०८०– २– १३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलूस, भेलार्, याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.