Websoft University

महानन्द सापकोटाको १२७ औं जयन्तीमा साहित्य कार्यक्रम सम्पन्न


देवकृष्ण यादव - इनरुवा,जेठ १५ गते । इनरुवाका अग्रज साहित्यकार स्व.महानन्द सापकोटाको १२७ औं जयन्तीमा साहित्य कार्यक्रम सम्पन्न भएको छ । इनरुवामा महानन्द स्मृति साहित्य प्रतिष्ठान सुनसरीको आयोजनामा साहित्य कार्यक्रम सम्पन्न भएको हो ।

 इनरुवाका साहित्यकार , कलाकार र पत्रकारहरुले सापकोटाको साहित्य र शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको चर्चासगैं रचना बाचन तथा कला प्रस्तुत गरेका थिए । शनिबार इनरुवा, इटहरी र मोरगंका साहित्यकारहरुको उपस्थितीमा गीत, गजल, कविता र लघुनाटकसहित २१ वटा रचना बाचन गरि साहित्य कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा कालकार तथा पत्रकार र साहित्यमा रुची राख्ने २५ बढी सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा साहित्यकार किसोर कोईराला, कान्ता पोखरेल भट्टराई, बिमला पोखरेल, इनरुवा ३ का वडा सदस्य सविना सिग्देल रेग्मी, उमेश लुईटेल, सागर तिमिल्सना, जयकृष्ण यादव, लगायतकाले रचना वाचन गर्नुभएको थियो ।

बरिष्ठ साहित्यकार एवम् प्रा.डा. बद्री विशाल पोखरेलको प्रमुख आथित्यता र महानन्द स्मृति साहित्य प्रतिष्ठान सुनसरीका अध्यक्ष छविनाथ रिजालको अध्यक्षतामा साहित्य कार्यक्रम सम्पन्नभएको थियो ।

सम्पन्न भएको साहित्य कार्यक्रममा शशी बजगाई, जेनिस देव, विष्णु थापा मगर, गायक झोटन मेहता, गेहेन्द्रचन्द्र ढुंगेल, राधा सुवेदी, रमेन्द्र कोईराला, जमनु गौतम पोखरेल लगायतकाले रचना बाचन तथा महान्नदको जिवनी माथि चर्चा गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.