Websoft University

सामुदायीक कुकुरको संख्या कम गर्न बन्ध्याकरण


मोहन कुमार राई ÷चैनपुर, २०८० बैशाख २२ गते | विश्व एक स्वास्थ्य नीति अनुरुप नेपालमा पशुबाट सर्ने प्राणघातक रेविज रोग सन २०३० सम्ममा निर्मूल पार्ने लक्ष्यका साथ देशभर विभिन्न कार्यक्रमहरु अघि बढिहरेको केन्द्रीय रिफरल पशु चिकित्सालय प्रमुख डा. टंक प्रसाद प्रसाइले एक कार्यक्रमका वीच वताउनुभयो ।

धेरै रोगहरु पशुबाट मानिसमा सर्ने गर्दछ । रोग देखा परेपछि उपचार गर्न नसकिने प्राणघातक रोग रेविज नियन्त्रण गर्न नेपालमा अभियानको रुपमा शिविरहरु सञ्चालन भइरहेको छ । निःशुल्क रेविज विरुद्ध भ्याक्सिनेसन तथा सामुदायीक कुकुर बन्ध्याकरणले रेविज रोग नियन्त्रण गर्न सकिने डा. प्रसाइले वताउनुभयो । विश्व पशु स्वास्थ्य संगठन सँग नेपाल सरकारको प्रतिवद्धता एवं रेविज रोग सन २०३० सम्मा सुन्यमा झार्ने प्रतिवद्धता अनुरुप कुकुरको टोकाइबाट हुने प्राणघातक रेविज विरुद्ध खोप  सबै खाले कुकुरमा लगाउन अनिवार्य रहेको समेत डा. प्रसाइले वताउनुभयो ।

कुकुरको शिविर भए पनि मानव सँग जोडिएको प्राणघातक रोग रेविज सँग सम्बन्धित रहेकाले निकै महत्वपूर्ण रहेको वताउनुभयो । रेविज रोग नियन्त्रण र सामुदायीक कुकुरको संख्या नियन्त्रण  गर्ने नेपालको मानिसहरुलाई लगाइने रेविज विरुद्ध भ्याक्सिन पनि भेटनरी महाशाखा बाट नै उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालय संखुवासभाका प्रमुख पशु चिकित्सक हिमाल पोखरेलले वताउनुभयो ।

सामुदायीक कुकुरको संख्यामा नियन्त्रण गर्नका साथै रेविज रोग नियन्त्रण गर्ने उद्देश्यका साथ चैनपुर नगरपालिका पशु सेवा शाखाले निःशुल्क शिविर सञ्चालन गरेको पशु सेवा शाखा प्रमुख शुरेन्द्र कटुवालले वताउनुभयो ।

बुधबारबाट दुई दिन सम्म सञ्चालन भएको उक्त शिविरमा नगरपालिकाको विभिन्न भागबाट सामुदायीक तथा घरपालुवा कुकुरहरु भेला गरेर बन्ध्याकरण तथा भ्याक्सिनेसन गरिएको थियो ।

नेपालसरकारको केन्द्रीय पशु सेवा विभाग अन्तरगत केन्द्रीय पशु चिकित्सालका प्रमुख पशु चिकित्सक टंक प्रसाद प्रसाइकोे प्राविधिक टोलीको उपस्थितिमा घरपालुवा तथा सामुदायीक कुकुरहरु भ्याक्सिनेसन तथा वन्ध्याकरण गरिएको थियो ।

चैनपुर नगरपालिकामा दुई दिन सम्म सञ्चालन भएको उक्त शिविरमा मेल कुकुरमा कास्टेशन र फिमेल कुकुरलाई स्पेयीङ मेथडको प्रयोगबाट बन्ध्याकरण गरिएको डा.प्रसाइले वताउनुभयो । भेलापारिएका मेल ११२ वटा र फिमेल ४६ वटा गरी जम्मा १ सय ५८ दुवै खाले कुकुरमा कास्टेशन र स्पेयीङ विधिबाट बन्ध्याकरण गरिएको थियो । यसै गरी १८३ कुकुरमा रेविज विरुद्धको खोप प्रदान गरिएको चैनपुर पशु सेवा शाखा प्रमुख सुरेन्द्र कटुवालले जानकारी दिनुभयो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.