Websoft University

मुख्यमन्त्रीको-शुभकामना

 


विराटनगर बैशाख २० गते ( मे-३ ) | रातो तारा डट कम,सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि हरेक वर्ष  अङ्ग्रेजी महिनाको मे ३ (वैशाख २० गते) लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइँदै आइएको छ । स्वतन्त्रताको बहाकको रुपमा रहेको पत्रकारिता क्षेत्रले सुखद अनुभूति गर्ने आजको यस विशेष दिन अर्थात ‘विश्व प्रेस स्वतन्त्रता दिवस’को अवसरमा विश्वभरी छरिएर रहनु भएका स्वतन्त्र प्रेमी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।  

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको थियो ।

अभिव्यक्ति स्वतन्त्रता आम जनताले प्राप्त गर्ने स्वतन्त्रता हो भने प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रताको एउटा माध्यम हो । प्रेस स्वतन्त्रता विना अभिव्यक्ति स्वतन्त्रता पूर्ण हुन सक्दैन । त्यसैले विश्वभरीका अधिकाँस लोकतान्त्रिक मुलुकहरुले प्रेस स्वतन्त्रतालाई संवैधानिकरुपमै व्यवस्था गर्दै आएका छन् । नेपालमा प्रेस स्वतन्त्रतालाई  जनताको मौलिक हककै रुपमा व्यवस्था गरिएको छ । संवैधानिक रुपमा संरक्षण गरिएको प्रेस स्वतन्त्रतालाई व्यवहारिक रुपले कार्यान्वयनमा ल्याउन यसको पुनःसंरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा सरकारले काम गर्दै आएको कुरा हामी सबैमा अवगत नै छ । कोशी प्रदेश सरकारले पनि सञ्चार सम्बन्धी ऐन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको र त्यसलाई चाँडै नै अन्तिम रुप दिने  कुरा यो सुखद अवसरमा म जानकारी गराउन चाहान्छु ।

पत्रकार र पत्रकारिता क्षेत्रको दक्षता अभिवृद्धिका साथै पत्रकारको पेसागत तथा भौतिक सुरक्षा विना प्रेस स्वतन्त्रता पूणरुपमा कार्यान्वयन हुन नसक्ने भएकाले त्पयसका लागि आवश्यक संरचना निर्माण गर्न

र प्रेस स्वतन्त्रताको संरक्षणमा कोशी प्रदेश सरकार स्पष्ट र प्रतिबद्ध रहेको स्मरण गराउँदै विश्व प्रेस स्वतन्त्रता दिवसको यस विशेष अवसरमा स्वतन्त्रता प्रेमी सम्पूण जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्द छु । 

 मितिः २०८० बैशाख २० गते बुधबार​​​​​    

    हिक्मतकुमार कार्की

           मुख्यमन्त्री

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.