Websoft University

नेपाली खेल क्षेत्रले गोलमेडल हात पार्न नसकेन


दमक, बैशाख २६ गते | 
मदन भण्डारी स्पोर्टस एकाडेमीका केन्द्रीय उपमहासचिव मदन उपे्रतीले नेपाली खेल क्षेत्रमा निष्पक्षता नभएकै कारण एसियाली खेलकुद प्रतियोगितामा गोलमेडल ल्याउन नसेको बताएका छन् । 

मदन भण्डारी स्पोर्टस एकाडेमी दमक नगर कमिटीको प्रथम अधिवेशन कार्यक्रममा बोल्दै आफनो ६५ वर्षको खेल दौडानमा खेलमा निष्पक्ष छनौट हुन सकेको कारण नेपाली खेल क्षेत्रले गोलमेडल हात पार्न नसकेको उपमहासचिव उप्रेतीले बताएका हुन । खेल क्षेत्रलाई आर्थिक रुपमा मजबुद्ध बनाउनु पर्ने, यस एकाडेमीलाई विभागको रुपमा बिकास गर्ने ,खेल्ने खेलाउने मात्र नभएर र खेल शिक्षा पढाउने मदन भण्डारी स्पोर्टस एकाडेमीको लक्ष्य रहेको उपमहासचिव उप्रेतीले बताउनु भयो । 

संगठनको अध्यक्ष लोकेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लगनशील र क्रियाशील भए मात्र संगठन समाजमा स्थापित हुने खेल बिकास गर्न सकिने एमाले नेताहरु रोम नाथ ओली ,अम्विका खनाल, एकाडेमीको झापा उपाध्यक्ष मिना पाठक र युवा संघ दमक नगर अध्यक्ष विवेक शर्मा भटराई लगायतले बताउनु भएको थियो । नवनिर्वाचित कमिटीलाई उपमहासचिव उप्रेतीले सफतग्रहण गराउनु भएको थियो । 

पहिलो अधिवेशनले रेवत श्रेष्ठ (राजन)को अध्यक्षतामा २१ सदस्यीय मदन भण्डारी स्पोर्टस एकाडेमी दमक नगर कमिटी सर्वसम्मत चयन गरेको छ । नगर कमिटीको उपाध्यक्षमा तारा भण्डारी ,सचिवमा राकेश खड्का ,सहसचिवमा शिव धिमाल र कोषध्यक्ष सुदेश निरौलालाई चयन गरेको  छ । 

सदस्यहरु हिरोन मची राय ,सरोज सिह ,उदय दाहाल ,छवि खतिवडा ,अनिष गौतम , सरोज भटराई,शिव धिमाल ,कमल प्रसाद गैरे , रमेश धिमाल ,सुशिल तामाङ, विरेन धिमाल र गिता विश्वकर्मा लगायत रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.