Websoft University

जिल्लाको सुरक्षा ब्यबस्था सम्बन्धमा छलफल तथा अन्तरक्रिया


पाँचथर, २०८० बैशाख २४ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले पाँचथर जिल्लाका स्थानिय जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, जिल्ला स्थित विभिन्न संघ संस्थाका प्रतिनिधी, व्यापार संघ, नागरिक समाज, पुर्व प्रहरी, पत्रकार लगायतका ब्यक्तित्वहरु संग छलफल तथा अन्तरक्रिया गर्नु गर्नु भएको छ ।

 जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण भ्रमणको क्रममा भएको उक्त कार्यक्रममा सहभागी महानुभावहरुले जिल्लाको सुरक्षा ब्यबस्था तथा जिल्लाका अन्य बिबिध परिस्थितिको बारेमा आ(आफ्नो जिज्ञासा राख्नु भएको थियो । 

उपस्थित महानुभावहरुबाट आएका जिज्ञासाहरुलाई सम्बोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जनमुखी प्रहरीको अवधारणा अनुरुप प्रहरी खटिने र शोषित, पिडित, असहाय, नागरिक तथा पिडामा परेका व्यक्तिहरुलाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्ने गरी प्रहरी परिचालित हुने प्रतिबद्धता ब्यक्त गर्नु भयो । 

उक्त कार्यक्रममा जिल्ला सुरक्षा समितका पदाधीकारीको तर्फबाट पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला समन्वय समितिका प्रमुखले धन्यबाद ब्यक्त गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.