Websoft University

थ्री स्टार क्लवले जित्यो खप्तड गोल्डकपको उपाधि


धनगढी, चैत १८गते | छ्रैठौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लवले जितेको छ । कैलालीको धनगढीस्थित क्षेत्रिय रंगशालाको खेलमैदानमा शनिबार भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मस्र्याङ्दी क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले उपाधि जितेको हो ।


थ्री स्टारलाई उपाधि दिलाउन ब्रिकम लामा र अनिल महर्जनले गोल गरे ।खेलको ७३ औं मिनेटमा अनिल महर्जनले फ्रि किक मार्फत थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा बिक्रम लामाले हेड गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे ।

फाइनल खेलको ‘एसपीए म्यान अफ दि म्याच’ थ्री स्टारका अनिल महर्जन चुनिए । उनले १० हजार पुरस्कार पाए ।

उपाधिसंग थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ पाएको छ । विधागत तर्फको पुरस्कारमा समेत थ्री स्टारको वर्चश्व रह्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्री स्टारका कप्तान बिक्रम लामा बने । उनले नगद एक लाख रुपैयाँ पुरस्कार पाए । यस्तै उत्कृष्ट गोलरक्षक थ्री स्टारका मोहम्मद ताहा रहे । उत्कृट डिफेन्डर थ्री स्टारका पिटर सेगुन, उत्कृष्ट प्रशिक्षक थ्री स्टारका मेघराज केसी रहे ।

यस्तै उत्कृष्ट मिडफिल्डर मनाङका विशन गुरुङ र सर्वाधि गोलकर्ता मनाङका सायीजमल घोषित भए । विधागत तर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।

सुदूरपश्चिम–११ का दिपेन्द्र मलासी उदयमान खेलाडी चुनिए। उनले २५ हजार रुपैयाँ पुरस्कार पाए ।

सुदूरपीश्चम प्रदेश सरकार मुख्य प्रवद्र्धक रहेको यस प्रतियोगितालाई सुदूरपश्चिम–११ खस्पोर्ट्स क्लबले आयोजना गरेको हो । प्रतियोगिताको समापन समारोहका मुख्य अतिथि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले विजेतालाई नगद र ट्रफी प्रदान गरेका थिए । उनले प्रदेश सरकारको नियमित कार्यक्रमका रुपमा यस प्रतियोगितालाई लगिने बताएका थिए ।

आयोजक क्लवका अध्यक्ष सुरेश हमालले प्रतियोगितालाई भव्यताका साथ सफल बनाउने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.