Websoft University

पक्की ढल निर्माण उपभोक्ता समिति गठन

 


मनकुमार गदाल - दमक, चैत २६ गते | दमक८को मनकामना टोलमा भएको उपभोक्ताको भेलाले महिलाहरु मात्र रहेको पक्की ढल निर्माण उपभोक्ता समिति गठन गरेको छ । 

दमक ८को वडा कार्यालयले आज मनकामना टोलमा आयोजना गरेको उपभोक्ताहरुको भेलाको छलफल पछि महिलाहरु मात्र रहेको श्रीअन्तु मार्ग पक्की ढल निर्माण उपभोक्ता समिति गठन गरेको हो । 

उपभोक्ताको भेलाले देवीमाया पौडेलको अध्यक्षतामा ७ सदस्यीय श्रीअन्तु मार्ग पक्की ढल निर्माण उपभोक्ता समिति गठन गरेको दमक ८का वडा सदस्य पदम गिरीले जानकारी दिनु भयो । वडा अध्यक्ष धर्म प्रसाद दाहाल(दिपेश)ले पक्की ढल निर्माणका लागि पुरुष र महिला सहितको टोलका उपभोक्ताको भेलाले महिला मैत्री निर्माण उपभोक्ता समिति गठन गर्ने कुरामा सहमत दिएपछि महिला मात्र रहेको निर्माण उपभोक्ता समिति गठन गरेको बताउनु भयो । 

उनीहरुलाई काम गर्न प्रोत्साहन गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्न प्रेरित गर्ने अध्यक्ष दाहालको भनाई छ । ढल निर्माण गर्ने उपभोक्ता समिति भएकोले छुट दिने केही प्रावधान नरहेको उहाँले बताउनु भयो । भेलाले निर्माण उपभोक्ता समितिको सचिवमा खड्ग माया सापकोटा र कोषध्यक्षमा मिना कुमारी न्यौपानेलाई चयन गरेको छ । 

समितिको सदस्यहरुमा दिल कुमारी न्यौपाने, प्रमिला अधिकारी,जुन कुमारी राई र स्मीता घिमिरेलाई चयन गरेको छ । दमक ८ को संशोधित १० लाख बजेटवाट २फुट चौडाई र ४सय फुट बढी लम्वाईको पक्की ढल निर्माणको स्टमेट तयार गरी चाडै ढल निर्माणको कामको शुरुवात गरिने वडा सदस्य गिरीले जानकारी दिनुभयो ।

पत्रकारको जिज्ञासामा श्रीअन्तु मार्ग पक्की ढल निर्माण उपभोक्ता समितिको अध्यक्ष देवीमाया पौडेलले भन्नुभयो– टोलका सम्पूर्ण उपभोक्ताले हामी महिला मात्रैको निर्माण उपभोक्ता समिति वनाइ दिएर हामीलाई गुणस्तरीय पक्की ढल निर्माण,तोकिएको अवधिमा सम्पन्न गर्नु पर्ने अवसर र चुनौती दुवै प्रदान गर्नुभएको छ । यसलाई पुरुष दाजुभाईको साथ सहयोग लिएर उदाहारणीय काम,समयअघि सम्पन्न गर्न प्रयास गर्ने अध्यक्ष देवीमायाले प्रतिवद्धता ब्यक्त गर्नु भयो । 

सहभागी मध्येवाट पुरुष भन्दा पनि महिलाको सक्रियतामा ढल निर्माण उपभोक्ता समिति गठन भएको मनकामना टोल बिकास संस्था दमक ८का अध्यक्ष हरि न्यौपानेले बताउनु भयो । महिला मात्रै सहभागी भएर गरिने यस्ता नमुना कामलाई वडा,पालिका लगायतका सरकारले थप हौसला दिनको लागि पुरस्कारको ब्यवस्था गर्नु पर्ने,विभिन्न विधामा छुटको ब्यवस्था गर्नु पर्ने अध्यक्ष न्यौपानेको सुझाव छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.