Websoft University

विराटनगर महानगरस्तरीय आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक


विराटनगर चैत २७ गते |  विराटनगर महानगरपालिकास्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा सार्वजनिक भएको छ ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले सोमबार शैक्षिकसत्र २०७९ को नतिजा सार्वजनिक गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार मदर्साको चैत ३ देखि र सार्वजनिक विद्यालयहरूको चैत ६ गतेदेखि परीक्षा लिइएको छ । सम्भवतः चैतभित्रै नतिजा सार्वजनिक गर्ने पालिकामध्ये विराटनगर महानगरपालिका पहिलो भएको कोइरालाको भनाइ छ । “मोरङमा चाहिं १७ वटा पालिकामध्ये विराटनगर महानगर कक्षा ८ को नतिजा सार्वजनिक गर्ने पहिलो भएको छ,” कोइरालाले भने, “मलाई लाग्छ देशका अन्य पालिकाले पनि अहिलेसम्म नतिजा सार्वजनिक गरेका छैनन् ।

शैक्षिक प्रशासन महाशाखाको सक्रियता कारण छिटो र छरितो रुपमा नतिजा सार्वजिक भएको महानगरका सामाजिक विकास समितिका संयोजकसमेत रहेका कार्यबाहक मेयर काजीबहादुर बस्नेतले बताए । परीक्षामा निजी र सार्वजनिक गरी १ सय २२ विद्यालयका ५ हजार १०४ जना विद्यार्थी सहभागी भएको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.