Websoft University

सरस्वती माध्यमिक विधालय दमकले आज ५६ औं स्थापना दिवस सप्ताह ब्यापी विभिन्न कार्यक्रम गरेर मनायो


दमक ,बैशाख ११ गते | सरस्वती माध्यमिक विधालय दमकले आज ५६ औं स्थापना दिवस सप्ताह ब्यापी विभिन्न कार्यक्रम गरेर मनाएको छ । 

विधालयले गत बैशाख ४गतेदेखि १० गते सम्म विभिन्न कार्यक्रम गरी सप्ताह ब्यापी कार्यक्रम समापन गरेको हो । सप्ताह अन्तर्गत क्रिकेट, भलिवल ,हन्डीफोर म्युजिकल चियर ,हाजिरी जवाफ प्रतियोगिता ,पत्रकार र शिक्षक बीचको मैत्रीपूर्ण फुटवल ,फुटसल प्रतियोगिता आदिको आयोजना गरी विधालयले ५६ औं स्थापना दिवस मनाएको विधालयका प्रधानध्यापक नर बहादुर थापाले जानकारी दिनु भयो ।

बिधालय ब्यवस्थापन समिति अध्यक्ष गगन पुरीको अध्यक्षतामा भएको सप्ताह समापन कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाका नगर प्रमुख राम थापाले अभिभावकहरु बीच भएको हन्डीफोर कार्यक्रममा उत्कृष्ट हुने बिनु खतिवडालाई प्रमाण पत्र र पुरस्कार प्रदान गर्नु भएको थियो । 

सोही कार्यक्रममा पाणीनी मावि विधालय दमकको शिक्षक दुर्गा काफले खनालले १ वर्ष अघि निधन हुनुभएका आफना श्रीमान मुकुन्द उपाध्याय काफलेको स्मृतिमा सरस्वती मावि शैक्षिक प्रगतिका लागि १लाख ५१ हजार १सय ११ रुपैयाँको चेक बिधालय ब्यवस्थापन समिति अध्यक्ष गगन पुरी र प्रधानध्यापक थापालाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भयो । बिधालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष समिन रिजाल ,पूर्व सदस्यहरु हरि सुवेदी र तुलसी प्रसाद निरौला सम्मान गर्नु भएको थियो । 

सप्ताहका अवसरमा पत्रकार मञ्च दमकका पत्रकार र सरस्वतीको शिक्षक बीच भएको मैत्रीपूर्ण फुटवल प्रतियोगिताको विजेता पत्रकारलाई प्रशसा पत्र प्रदान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख थापाले विधालयको शैक्षिक बिकासका लागि नगर पालिकाको सहयोग साथ रहने बताउनु भयो । 

विधालय ब्यवस्थापन समिति अध्यक्ष पुरीले सरस्वती माविको शैक्षिक सुधार र नयाँ शुरु भएको विधार्थी भर्ना अभियानलाई सफल पार्न अभियान लगायतका सरोकारवाला सबैले सहयोग गर्न  आग्रह गर्नु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.