Websoft University

कृषि विकास बैंकद्वारा महानगर र हाम्रो समाजलाई डस्विन प्रदान


विराटनगर | कृषि विकास विराटनगर शाखाले विराटनगर महानगरपालिका र हाम्रो समाजलाई डस्विन प्रदान गरेको छ ।

विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरलाई केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर डस्विन प्रदान गरिएको कृषि विकास बैंकले जनाएको छ । मंगलबार महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई बैंकका कोशी प्रदेशका प्रमुख रञ्जन खनाल र विराटनगर शाखाका प्रमुख तिलक प्रधानले डस्विन हस्तान्तरण गरे ।

सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरलाई ५० थान डस्विन प्रदान गरिएको बैंक शाखा प्रमुख प्रधानले बताए । वितरण गरिएको डस्विन विराटनगरका विभिन्न स्थानमा राखिनेछ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले विराटनगरलाई सफा र सुन्दर राख्ने महानगरको अभियानमा थोरै भए पनि सहयोग पुग्ने बताए । उनले आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरे । त्यस्तै कार्यक्रममा सबैको साथ र सहयोगले मात्रै महानगरवासीले परिकल्पना गरेको विराटनगर बन्ने उपमेयर कार्कीको भनाइ थियो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.