Websoft University

पेन प्लस क्लिनिकको उद्घाटन


मन कुमार गदाल-दमक,चैत २०गते | नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको साझेदारीमा झापाको दमक र बर्दियामा नसर्ने रोग(पेन प्लस) परियोजना सञ्चालनमा ल्याएको छ ।

 स्वास्थ्य मन्त्रालयले आज दमक नगरपालिकामा आयोजना गरेको पेन प्लस परियोजना अन्तर्गत पेन प्लस क्लिनिकको उद्घाटन कार्यक्रममा दमक र बर्दियामा नसर्ने रोग सम्वन्धिको परियोजना पहिलो पटक सञ्चालनमा ल्याएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालय,काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको साझेदारीमा दमक अस्पतालमा शुरु भएको पेन प्लस क्लिनिकको एक कार्यक्रमका बीच उद्घाटन झापा क्षेत्र नम्वर ५को प्रदेश खका प्रदेश साँसद होम बहादुर थापाले स्वीज अन गरेर गर्नुृ भयो । 

यस परियोजनालाई प्रदेश सरकार,दमकवासी,सरोकारवाला पक्ष सबै लागेर सफल पार्ने बताउनु भयो । परियोजना असफल हुन्छ की भन्ने चिन्ता नलिन आग्रह गर्दै राजनीतिक दल,स्थानिय सरकार,केन्द्रवाट सहयोग हुने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्राध्यापक डाक्टर भगवान कोइरालाले यो राम्रो परियोजना दमकमा आएकोले यसलाई सबै मिलेर सफल पर्ने बताउनु भयो । परियोजनालाई प्रणालीमा चलाउन पनि कोइरालालको सुझाव छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य स्वमन्वय महाशाखा प्रमुखको यशोद्धा अर्यालले अहिले मुलुकमा नसर्ने रोगको भार बढ्दै गरेको अवस्थामा पेन प्लस परियोजना अतिआवश्यक रहेको बताउनु भयो । 

नेपाल सरकारले पाइलोट प्रोजेक्टको रुपमा झापाको दमक स्थित दमक अस्पताल र वर्दिया जिल्लाको बर्दिया अस्पतालमा लागु गरेको यशोद्धाले बताउनु भयो । २ वर्षे परियोजनाले राम्रो नतिजा दिएमा देश भर यो सेवा विस्तार गर्ने सरकारको लक्ष्य रहेको प्रष्ट पार्नु भयो । मन्त्रालयका डाक्टर विराज कर्मचार्य र डाक्टर फडिन्द्र वरालले नसर्ने रोगहरु र जनस्वास्थ्यका कार्यक्रम तिनीहरुको निदान साथै परियोजनाको खाका लगायतका विषयमा जानकारी दिनु भएको थियो । 

मानिसको अहिलेको खानपान जीवनशैली र आनीवानीका कारण नसर्ने रोगहरु मुटुको रोग,मधुमेह,स्तन क्यान्सर,प्रेसरले संक्रमण गर्ने तिनी रोगहरुको उपचार दमक अस्पतालले गर्ने मन्त्रालयका डाक्टर फडिन्द्र बरालले बताउनु भयो । दमक अस्पतालका निर्मित्त मेडिकल सुपरिटेडेट डाक्टर अनुपम घिमिरेले दमक अस्पतालको सेवा र त्यसका चुनौतीको विषयमा जानकारी दिनु भएको थियो । दमक नगर पालिकाको नगर उपप्रमुख रेगिना प्रसाईले परियोजना मार्फत प्रभावकारी सेवा दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.